आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

चामलको जथाभाबी मूल्यवृद्धि गरे कारबाही गर्ने चेतावनी

images
सोमबार, साउन १५ २०८०
images
चामलको जथाभाबी मूल्यवृद्धि गरे कारबाही गर्ने चेतावनी

भारतले बासमती चामल बाहेकका चामल निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपेर जथाभावी मूल्य वृद्धि गरेको पाइएमा कानूनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ। 

images
images

काठमाडौं- भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपालमा छलफल सुरू भएको छ। 

images
images
images

सोमबार वाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभाग र नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरु बिच भएको छलफलमा अवाञ्छित तवरले चामलको मूल्यवृद्धि नगर्न अनुरोध गरिएको छ।

images
images

भारतले बासमती चामल बाहेकका चामल निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपेर जथाभाबी मूल्य वृद्धि गरेको पाइएमा कानूनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ। 

images
images

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउनुअगावै नेपालमा रहेको चामल भण्डारणको सामग्री बेचबिखन गर्न बजार पठाउँदा साविककै मूल्यमा बेचबिखन गर्न/गराउन समेत अनुरोध गरिएको छ। 

भारतले साउन पहिलो साता गैर बासमती चामलको निर्यात प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। यो वर्षको मनसुनमा पर्याप्त पानी नपरेपछि आगामी वर्ष उत्पादन घट्ने र चामलको मूल्यमा उछाल आउने खतरा देखिएपछि भारतीय सरकारले चामलको निर्यातमा रोक लगाएको हो।

नेपालमा भारतबाट चामल आयात हुँदै आएको छ। भारतले प्रतिबन्ध लगाए पनि आयातको अनुमति नभएमा आन्तरिक बजारमा मूल्यवृद्धि तथा अभाव हुनसक्ने जोखिम रहेको छ। यद्यपि नेपाल सरकारको आग्रहमा भारतले नेपालका लागि निर्यातको अनुमति दिन सक्ने छ। यसअघि गहुँको निर्यातमा रोक लगाउँदा सीमित अनुमति दिएको थियो। 

भारतले चालु वर्षको अप्रिलदेखि जुनसम्म गत वर्षको तुलनामा ३५ प्रतिशत बढी चामल निर्यात गरिसकेको छ। आगामी वर्ष उत्पादन घट्ने जोखिम देखेर भारतले अहिलेदेखि नै चामलको भण्डारण गर्ने नीति लिएको छ। 


प्रकाशित : सोमबार, साउन १५ २०८०१३:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend