आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

निर्माण व्यवसायी महासंघद्वारा प्रम निवास र संघीय संसद् भवन अगाडि धर्ना, मंगलबार यन्त्र उपकरणसहित धर्ना दिइने

images
सोमबार, साउन १५ २०८०
images
निर्माण व्यवसायी महासंघद्वारा प्रम निवास र संघीय संसद् भवन अगाडि धर्ना, मंगलबार यन्त्र उपकरणसहित धर्ना दिइने

महासंघका सल्लाहकार एवं पूर्ववरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले मुलुकको निर्माण उद्योग कठिन अवस्थामा रहेको बताए।

images
images

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघले सोमबार प्रधानमन्त्री निवास बालुवाटार र संघीय संसद् भवन अगाडि शान्तिपूर्ण धर्ना दिएको छ। बालुवाटारमा बिहान ९ बजेदेखि १० बजेसम्म र संघीय संसद भवन अगाडि दिउँसो ३ बजेदेखि ४ बजेसम्म धर्ना दिइएको हो।

images
images
images

बालुवाटारमा बिहान धर्ना कार्यक्रमको सुरुवात गर्दै महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूका जायज मागप्रति राज्य अनुदार भएका कारण महासंघ आन्दोलनमा उत्रिएको स्पष्ट पारे। धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका पूर्वअध्यक्ष सुकुन्तलाल हिराचनले राज्यले निर्माण उद्योगको महत्व बुझ्न नसकेको टिप्पणी गरे।

images
images

महासंघका सल्लाहकार एवं पूर्वअध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायीहरूको वास्तविक मर्मलाई राज्य, सञ्चार माध्यम कसैले बुझ्न नसकेको भन्दै अझ सशक्त आन्दोलन अपरिहार्य रहेको बताए। महासंघका सल्लाहकार एवं पूर्ववरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले मुलुकको निर्माण उद्योग कठिन अवस्थामा रहेको बताए।

images
images

महासंघका महासचिव रोशन दाहालले आन्दोलन व्यवसायीहरूको रहर नभइ बाध्यता भएको बताए। त्यस्तै महासंघले दिउँसो ३ बजेदेखि ४ बजेसम्म नयाँ वानेश्वरस्थित संघीय संसद् अगाडि धर्ना दियो। धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले महासंघको आन्दोलन समृद्ध निर्माण उद्योगका लागि भएकाले सबैलाई साथ दिन आग्रह गरे। महासचिव रोशन दाहालले निर्माण कार्यमा कुनै समस्या आएमा अरु सबैले उन्मुक्ति पाउने तर निर्माण व्यवसायीहरूलाई मात्र थरिथरिका सजाय थोपर्नु अनुचित भएको धारणा राखेका थिए।

आन्दोलनको पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत महासंघले आइतबार बिहान राजधानीको ताहाचलस्थित सार्वजनिक अनुगमनको कार्यालयमा एक घण्टा धर्ना दिएको थियो। धर्नामा सहभागीहरूले विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, बीमा निर्देशिका-२०७८ खारेज गर, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने नियम खारेज गर, सार्वजनिक खरिद ऐन तथा नियमावली तुरुन्त संशोधन गर, लगायतका नारा लगाएका थिए।

अन्यौलग्रस्त र बजेट नभइ काम हुन नसक्ने रुग्ण आयोजनाहरू एवं काबुबाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने, चेक बाउन्स र बैक ग्यारेण्टी जफत गर्ने लगायतका कारबाही रोकिनुपर्ने, बीमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गरिनुपर्ने, स्रोथान कट्टा गरेको अग्रीम आयकर र मुअ करको कट्टी रकम समयमा नियोक्ताले राजस्व खातामा दाखिला गरिनुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनुपर्ने र पूर्वाधारसँग सम्बन्धित सार्वजनिक खरिद ऐन, नियम व्यवसायीमैत्री हुनुपर्ने लगायतका माग पनि महासंघले अघि सारेको छ।

आफ्ना जायज मागहरूको राज्यले बेवास्ता गरेको भन्दै महासंघले भोलि बिहान ८ बजेदेखि ९ बजेसम्म प्रधानमन्त्री निवास र दिउँसो ३ बजेदेखि ४ बजेसम्म संघीय संसद्‌अघि निर्माण कार्यमा प्रयोग हुने यन्त्र उपकरणसहित प्रर्दशन गर्ने भएको छ।


प्रकाशित : सोमबार, साउन १५ २०८०१२:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend