मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

'नाडा अटो शो २०२३' मा सर्वाधिक अटोमोबाइल कम्पनीहरु सहभागी हुने

सोमबार, साउन १५ २०८०
'नाडा अटो शो २०२३' मा सर्वाधिक अटोमोबाइल कम्पनीहरु सहभागी हुने

लामो समयदेखि नाडा अटो शो २०२३ मा अटोमोबाइल कम्पनीहरुको अत्यधिक सहभागिता भएको नाडाको भनाइ छ। 

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल गर्न लागेको नाडा अटो शो २०२३ मा सहभागी हुने कम्पनीहरुका लागि स्टल निर्धारणका लागि लक्की ड्र भएको छ। नाडा अटो एक्सपोमा सहभागी हुने सबै फर्म÷कम्पनीरुले समान अवसर प्राप्त गरोस् भन्ने उद्देश्यले नाडाले लक्की ड्र मार्फत स्टलहरुको वितरण गर्दे आएको छ। 

स्टल बुकिङका लागि नाडाले यसअघि नै सूचनासमेत प्रकाशित गरिसकेको थियो। यस नाडा अटो एक्सपो २०२३ मा विगतमा भन्दा उत्साहजनक रुपमा अटोमोबाइल कम्पनीहरु सहभागी भएको नाडाले जनाएको छ।

प्रदर्शनीमा यस्तो उल्लेख्य र उत्साहजनक सहभागिताबाट नाडा पनि थप उत्साहित भएको छ। नाडा अटो एक्सपोे २०२०, २०२१ र २०२२  कोभिड महामारीलगायत अन्य विभिन्न कारणहरुबाट आयोजना हुन सकेको थिएन। लामो समयदेखि नाडा अटो शो २०२३ मा अटोमोबाइल कम्पनीहरुको अत्यधिक सहभागिता भएको नाडाको भनाइ छ। 

दर्शकहरुले यस प्रदर्शनीमा विद्युतीय सवारीसाधनहरु लगायत चार वर्षपछि हालसम्मका नयाँ मोडलहरुको अवलोकन गर्न पाउने छन्। खासगरी यस प्रदर्शनीमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरु र त्यसमा प्रयोग हुने टायरट्यूव, लुब्रिकेन्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु लगायतका विभिन्न सामग्रीहरु सहित कुल ८२ वटा स्टलहरु प्रदर्शनीमा रहने छन्। 

जसमध्ये चारपांग्रे सवारी साधन १७, दुई पांगे्र २३, कमसियल सवारी साधन ६, बैक तथा वित्तीय निकायहरु ५, स्पेयर पार्टस, टायर लुब्रिकेन्टस, कम्पोनेन्ट र एसेसरिज ३१ रहने छन्। विभिन्न अवरोधहरुका वावजुद पनि नाडाले गत वर्ष भव्यताका साथ नाडा ईभी एक्सपो २०२२ समेत सम्पन गरेको थियो।

विभिन्न कारणहरुले विगतमा सुस्ताएको अटोमोबाइल व्यवसाय अब केही चलायमान हुने अपेक्षासमेत राखिएको छ। नेपालको सबैभन्दा ठूलो र भव्य रुपमा सम्पन्न हुदै आएको नाडा अटो एक्सपोको १५ औँ संस्करणको नाडा अटो एक्सपो २०२३, २०८० भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाडौं प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा आयोजना हुँदैछ। 

सो प्रदर्शनीमा सहभागी हुने अटोमोबाइल कम्पनीहरुले आफ्ना नयाँ मोडलका सवारी साधनहरुको विक्रीका लागि विभिन्न छुट र सुविधासहितका प्याकेजहरु समेत दिने भएकोले यो प्रदर्शनी विगतका प्रदर्शनीहरु भन्दा थप भव्य, व्यवस्थित र बृहत रुपमा आयोजना हुने अपेक्षा राखिएको यस प्रदर्शनीमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २० अर्बभन्दा बढीको कारोबार हुने आसासमेत नाडाले गरेको छ। त्यसैगरी यस प्रदर्शनीको सम्पूर्ण व्यवस्थापन ग्लोवल एक्सपोजिशन एन्ड मेनजमेन्ट सर्भिस प्रालिले गर्नेछ। 


प्रकाशित : सोमबार, साउन १५ २०८०१०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend