आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

दाङमा नौ वटा पुल बनाउन ८ करोड विनियोजन

images
सोमबार, साउन १५ २०८०
images
दाङमा नौ वटा पुल बनाउन ८ करोड विनियोजन
सांकेतिक तस्बिर

दाङमा चालु आवमा नौ वटा पुल निर्माण हुने भएका छन्, जसका लागि लुम्बिनी प्रदेश सरकारले ८ करोड रूपैयाँ छुट्याएको छ।

images
images

दाङ- विकासका पूर्वाधारबाट पछि परेको जिल्लाको पश्चिमी क्षेत्रमा एकै पटक नौ वटा पुल निर्माण हुने भएका छन्। आर्थिक वर्ष २०८०/८१ मा पुल निर्माणका लागि आठ करोड रूपैयाँ रकम विनियोजन गरिएको छ।

images
images
images

लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले चालु आवका लागि जिल्लामा नौ वटा पुल निर्माण गर्ने योजनासहित बजेट विनियोजन गरिएको जानकारी दिए। उनका अनुसार रिम, तिनतले र भाँगाबार खोलामा बेलिब्रिज निर्माणका लागि ५० लाख रूपैयाँका दरले बजेट विनियोजन गरिएको छ।

images
images

ट्वाङखोलामा डीपीआरसहित पक्की पुल निर्माणका लागि एक करोड ५० लाख, पुरन्धारा हुँदै मलै जाने सडकअन्तर्गत बबई नदीमा डीपीआरका लागि १५ लाख तथा बखरीया-सरुवाडाँडा-गोल्टाकुरी-कालितारा सडकमा पुल निर्माणका लागि एक करोड २५ लाख रूपैयाँ बजेट छुट्याएको मन्त्री मास्कीले जानकारी दिए।

images
images

उनका अनुसार तुलसीपुर-हापुर जोड्ने सडकअन्तर्गत तुलसीपुर-१ भमके खोलामा पुल निर्माणका लागि एक करोड, शान्तिनगर-३ पातेटाकुरा खोलाका लागि ७५ लाख, बौलाखोला माथिल्लो बाटोमा पक्कीपुल निर्माणका लागि एक करोड र बबई गाउँपालिकाअन्तर्गत राजीखरे खोलाका लागि ७५ लाख रूपैयाँ बजेट विनियोजन भएको छ।

दाङको कर्णालीका रुपमा चिनिने गंगटे सडकअन्तर्गत हापुरे-गंगटे खण्डका विभिन्न खोलामा तीन पुल निर्माण हुन लागेका छन्। यसअघि यस खण्डमा पुल नहुँदा बर्सातको समयमा आवतजावत ठप्प हुने गरेको थियो। रासस


प्रकाशित : सोमबार, साउन १५ २०८०१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend