आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

व्यासमा घर नक्सा निःशुल्क

images
सोमबार, साउन १५ २०८०
images
व्यासमा घर नक्सा निःशुल्क

कतिपय नागरिकले नक्सा बनाउन खर्च धेरै लाग्ने भएका कारण कच्ची घरमै बस्नुपर्ने बाध्यता अन्त्य गर्न पनि नगरपालिकाले नक्सा निर्माण निःशुल्क गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए।

images
images

तनहुँ- व्यास नगरपालिकाले विपन्न वर्गका व्यक्तिले पक्की घर बनाउँदा घरको नक्सा निःशुल्क निर्माण गरिदिन थालेको छ। उक्त सुविधा प्रदान गरेसँगै पाँच जनाले निःशुल्करूपमा नक्सा पास गराइ घर निर्माण गरिहेको नगरपालिकाले जनाएको छ।

images
images
images

नागरिकको आर्थिक समस्यालाई मध्यनजर गर्दै केही सहज बनाउन लागिएको नगरपालिका घर नक्सा निर्माण शाखाका सहायक इन्जिनियर सञ्जय तिमिल्सेनाले जानकारी दिए।

images
images

नागरिकलाई पक्की घर बनाउन आकर्षित गर्ने उद्देश्यले घर बनाउँदा निःशुल्क रुपमा नक्सा निर्माण गरिदिने व्यवस्था छ। निःशुल्क नक्सा कार्यक्रमअन्तर्गत वडामार्फत विपन्नवर्गले घर बनाउन सिफारिस लिएर आए निःशुल्क रुपमा नक्सा निर्माण गरिदिने गरिएको उनले बताए। 'वडामार्फत विपन्न वर्गले सिफारिस लिएर आएपछि हामीले उहाँहरुले चाहेको अनुसार नक्सा निःशुल्क रुपमा बनाउने गरेका छौँ', उनले भने, 'दुई,तीन र चार कोठे घरका लागि विभिन्न आठ किसिमका मोडल रहेको छ।'

images
images

कतिपय नागरिकले नक्सा बनाउन खर्च धेरै लाग्ने भएका कारण कच्ची घरमै बस्नुपर्ने बाध्यता अन्त्य गर्न पनि नगरपालिकाले नक्सा निर्माण निःशुल्क गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए।

विभिन्न कन्सलटेन्सीले महँगो शुल्कमा घरको डिजाइन बनाइदिने गुनासो आएपछि नगरपालिकाले विपन्न वर्गका व्यक्तिका घरको नक्सा डिजाइन निःशुल्क गरिदिने गरेको उनको भनाइ थियो। घर नक्सा शाखा प्रमुख अमित केसीले घरको नक्सा निर्माणका लागि आर्किटेक इन्जिनियरलाई खटाइएको बताए। 'पक्की घर निर्माणले नगरवासीलाई सुरक्षित बनाउनेछ', उनले भने, 'विपन्न व्यक्तिले पक्की घर बनाउन चाहेमा घरनक्सा निःशुल्क निर्माण गरिदिने गरेका छौँ।' रासस


प्रकाशित : सोमबार, साउन १५ २०८००८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend