आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

चालु आवमा बजेट नछुट्याउँदा गण्डकीका पर्यटनसम्बन्धी अधिकांश योजना अलपत्र

images
सोमबार, साउन १५ २०८०
images
चालु आवमा बजेट नछुट्याउँदा गण्डकीका पर्यटनसम्बन्धी अधिकांश योजना अलपत्र

सम्पन्न हुने चरणमा रहेका योजनामा समेत चालु आवमा बजेट नछुट्याउँदा ती सम्पन्न हुने सम्भावना न्यून छ।

images
images

म्याग्दी- गण्डकी प्रदेशअन्तर्गतको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा कार्यान्वयनमा ल्याएका अधिकांश योजना अधुरा छन्। मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालय म्याग्दीमार्फत गत आवमा कार्यान्वयनमा ल्याएका २१ योजनामध्ये २०८०/८१ मा आठलाई मात्र निरन्तरता दिएको छ।

images
images
images

'म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको बेंसीगाउँदेखि नारच्याङ झरना पुग्न करिब एक किलोमिटर उकालो पैदलयात्रा गर्नुपर्छ', नारच्याङ झरना पदमार्ग योजनाअन्तर्गत उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रकाश फगामीले भने, 'गत वर्ष पर्यटन कार्यालयको सहयोगमा एक सय ५० मिटर पदमार्ग निर्माण गरिएको हो।' चालु आवमा उक्त योजनाका लागि बजेट विनियोजन नभएकाले पदमार्ग निर्माणको काम अधुरो बनेको उनले बताए।

images
images

झरना अवलोकन गर्न आउने पर्यटकलाई सहजरुपमा आवतजावत होस् भन्नका लागि विनियोजित बजेटले पदमार्ग निर्माण गरिएको भन्दै अध्यक्ष फगामीले बजेट अभावका कारण यस वर्ष काम अधुरो रहेको बताए। 'बजेट विनियोजन भएका आधारमा गत आवमा डेढ सय मिटर मात्र पदमार्ग बनायौँ', उनले भने, 'थप सात सय ५० मिटर पदमार्ग बनाउनुपर्ने छ। यस वर्ष बजेट विनियोजन नभएकाले सुरू भएको योजना अलपत्र परेको छ।'

images
images

‘मसिनाढुंगा-थाकनपोखरी पदमार्ग योजना’का लागि गत आवमा १५ लाख रूपैयाँ बजेट विनियोजन गरिएकामा यस वर्ष बजेटविहीन बनेको योजनाका अध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिए। 'बेनी नगरपालिका-६ अन्तर्गत मसिनाढुंगा-थाकनपोखरी जोड्ने उक्त योजनाअन्तर्गत गत वर्षको बजेटले तोकिएको परिणामको काम भए पनि पूर्णता पाएको छैन', उनले भने, 'यस वर्ष बजेटले निरन्तरता नपाउँदा निर्माणाधीन पदमार्ग अलपत्र बनेको छ।'

विस्तृत सर्वेक्षणबिना योजनाका लागि बजेट विनियोजन गरिएको भन्दै सुरू गरिएका पूर्वाधार निर्माणका योजनालाई निरन्तरता नदिँदा अधिकांश अलपत्र परेका पौडेलले बताए। अधुरा योजनाबाट नागरिकले लाभ लिन नसक्ने भएकाले निर्माणाधीन कामका लागि बजेटको निरन्तरता आवश्यक पर्नेमा उनले जोड दिए।

जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषानाथ शर्माले बजेटले निरन्तरता नपाउँदा सुरू भएका योजनालाई पूर्णता दिन नसकिएको बताए। 'जति बजेट विनियोजन भएको थियो, त्यति बराबरको काम भए पनि योजनाले पूर्णता पाएका थिएनन्', उनले भने, ' चालु आवमा बजेटले निरन्तरता नपाउँदा धेरैजसो पर्यटकीय पूर्वाधार निर्माणसम्बन्धी योजना अधुरा भएका छन्।'

प्रमुख शर्माका अनुसार गत वर्ष म्याग्दीका २० पर्यटकीयस्थलमा पदमार्ग, उद्यान, रेलिङ, भवनलगायत पूर्वाधार निर्माणका लागि एक करोड ९२ लाख रूपैयाँ विनियोजन भएकामा एक करोड ८८ लाख २२ हजार आठ सय ९८ रूपैयाँ खर्च भएको थियो। चालु आव २०८०/८१ म १८ योजनाका लागि एक करोड ५६ लाख रूपैयाँ विनियोजन भएको कार्यालयले जनाएको छ।

गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले यस वर्ष विनियोजन गरिएको बजेट घटेकाले पर्यटकीय पूर्वाधारका योजना पनि प्रभावित बनेका बताए। 'अति आवश्यक र पूर्णता दिनुपर्ने योजनाका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत समेट्ने प्रयास गर्छौँ', उनले भने, 'अन्य स्रोत र कार्यक्रमबाट बजेट व्यवस्थापन गरेर सुरू भएका अधुरा योजनालाई पूर्णता दिन पहल गर्छौं।' 


प्रकाशित : सोमबार, साउन १५ २०८००८:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend