सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

डिसलाइक काउन्टलाई प्राइभेट बनाउँदै युट्युब 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २६ २०७८
डिसलाइक काउन्टलाई प्राइभेट बनाउँदै युट्युब 

कन्टेन्टप्रति असहमत हुने समूहले योजनबद्ध रुपमा डिसलाइक आक्रमण गर्न थालेको र यसबाट क्रियटरहरु निरुत्साहित भएको भन्दै कम्पनीले यसमा परिवर्तन गर्न लागेको हो। 

काठमाडौं- भिडियो सर्च इन्जिन युट्युबले डिसलाइक काउन्टलाई प्राइभेट गर्ने भएको छ। 

कुनै पनि भिडियो तथा विषयवस्तुमाथि डिसलाइक अट्याक हुने घटना बढ्दै गएपछि कम्पनीले डिसलाइक संख्या लुकाउन लागेको हो। 

भिडयोमा डिसलाइक बटम अहिलेजस्तै हुने छ। प्रयोगकर्ताले डिसलाइक पनि गर्न पाउनेछन्। तर कतिले डिसलायक गरे भनेर हेर्न भने सबैले पाउने छैनन्। युट्युबको यो नीतिपछि भिडियो क्रियटरलेमात्र त्यो संख्या हेर्न पाउनेछन्। 

कन्टेन्टप्रति असहमत हुने समूहले योजनबद्ध रुपमा डिसलाइक आक्रमण गर्न थालेको र यसबाट क्रियटरहरु निरुत्साहित भएको भन्दै कम्पनीले यसमा परिवर्तन गर्न लागेको हो। 

प्रकाशित : शुक्रबार, कात्तिक २६ २०७८०७:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend