आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

खानेपानी आयोजनाले स्थानीयलाई सहज

images
सोमबार, साउन १५ २०८०
images
खानेपानी आयोजनाले स्थानीयलाई सहज

नेपालगञ्ज उपमहानगरपालिकासहित विभिन्न गाउँपालिकामा सघन विकास कार्यक्रम र जलवायु अनुकूलित बृहत् खानेपानी कार्यक्रम तथा तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत विभिन्न खानेपानी आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्। 

images
images

नेपालगञ्ज- बाँकेमा विभिन्न खानोपानी आयोजनामार्फत स्थानीय बासिन्दाले खानेपानीको उपभोग गर्न थालेका छन्। 

images
images
images

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत आंशिक रुपमा सञ्चालन भएका विभिन्न खानेपानी आयोजनाबाट स्थानीय लाभावन्वित हुन थालेका हुन्। 'पहिले धेरैजसो हाते पम्पको सहायतामा आउने खानीपानीको प्रयोग गर्थे, दुर्गम ठाँउमा कुवाको पानीसमेत खाने गर्थे', खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर प्रकाशजंग शाहले भने।

images
images

उनले नेपालगञ्जमा परम्परागत रुपमा खानेपानीको उपभोग भएको उल्लेख गर्दै कतिपय स्थानमा ‘ओभरहेड’ ट्यांकीको खानेपानी वितरण भएको जानकारी दिए। बाँकेका विभिन्न पालिकामा रहेका खानेपानी आयोजनामा एक लाख ५० हजार लिटरदेखि चार लाख ५० हजार लिटर क्षमताका ओभरहेड ट्यांकी निर्माण गरेर उपभोक्तलालाई खानेपानीको सुविधा प्रदान गरिएको छ।

images
images

'कतिपय योजना अहिले पनि क्रमगत अवस्थामा नै छन्, बजेटका आधारमा कति समय लाग्छ भन्ने कुरा निर्धारण हुन्छ', सूचना अधिकारीसमेत रहेका इन्जिनियर शाहले भने। जिल्लाको खास कुश्मा खानेपानी आयोजनाबाट दुई हजार दुई, ढकेरी खानेपानी आयोजनाबाट चार हजार पाँच सय २१, रझेना खानेपानी आयोजनाबाट चार हजार चार सय, नौवास्ता खानेपानी आयोजनाबाट दुई हजार चार सय ५७, खजुरा खानेपानी आयोजनाबाट चार हजार नौ सय ५० र महादेउपुरीया, कचनापुरबाट तीन हजार तीन सय ६१ उपभोक्ताले खानेपानीको प्रयोग गरिरहेका छन्।

यस्तै विराट खानेपानी आयोजनाबाट दुई हजार एक सय ६२, पेडारी खानेपानी आयोजनाबाट दुई हजार दुई सय र खजुरा खानेपानी आयोजनाबाट दुई हजार एक सय १८ उपभोक्ता लाभान्वित भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ। यसबाहेक साना खानेपानी आयोजनाका रुपमा विभिन्न खानेपानी आयोजनामार्फत स्थानीय बासिन्दाले खानेपानीको उपभोग गर्न पाएका छन्।

राप्तीसोनारी गाउँपालिका वडा नं ४ का स्थानीय रामदास थारुले ओभरहेड ट्यांकी निर्माण भएको दुई वर्ष हुँदा पनि खानेपानीको वितरण हुन नसकेको बताए।

सघन खानेपानी विकास कार्यक्रमबाट लाभ लिँदै 

नेपालगञ्ज उपमहानगरपालिकासहित विभिन्न गाउँपालिकामा सघन विकास कार्यक्रम र जलवायु अनुकूलित बृहत् खानेपानी कार्यक्रम तथा तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत विभिन्न खानेपानी आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्। 

बजेट अभावका कारण ती खानेपानी आयोजनाका भौतिक पूर्वाधार लगायतका आयोजनासँग सम्बन्धित काम हुन नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ। जिल्लाको राप्ती सोनारी गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रममार्फत सञ्चालन भएको खानेपानी आयोजना आठ, जलवायु अनुकूलित बृहत् खानेपानी कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत १४ आयोजना रहेका छन्।

डुडुवा गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रम दुई, जलवायु अनुकूलित बृहत् खानेपानी कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फतका आयोजना दुई रहेका छन्। नरैनापुर गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रम एक, जलवायु अनुकूलित बृहत् खानेपानी कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत सात आयेजना रहेका छन्। 

नेपालगञ्ज उपमहानगरपालिकामा सघन खानेपानी विकास कार्यक्रम तीन, जलवायु अनुकूलित बृहत् खानेपानी कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत तीन आयोजना छन्। जानकी गाउँपालिकामा सघन खानेपानी विकास तीन, जलवायु अनुकूलित बृहत् खानेपानी कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत एक आयोजना छ।

कोहलपुर नगरपालिकामा सघन खानेपानी विकास कार्यक्रम चार, जलवायु अनुकुलित बृहत्् खानेपानी  कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत एक आयोजना रहेका छन्। खजुरा गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रमका चार, जलवायु अनुकूलित बृहत् खानेपानी  कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत छ योजना रहेका छन्। 

बैजनाथ गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रम चार, जलवायु अनुकूलित बृहत् खानेपानी कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत दुई खानेपानी आयोजना रहेका छन्। 'केही निर्माणाधीन अवस्थामा रहेका खानेपानी आयोजना छन्, केहीमा आंशिक रुपमा खानेपानीको वितरण भइरहेको छ', इन्जिनियर शाहले भने। रासस


प्रकाशित : सोमबार, साउन १५ २०८००७:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend