आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

नेपालका लागि वैदेशिक मुद्रा आर्जनको प्राथमिक स्रोत बन्न सक्छ सूचना प्रविधि क्षेत्र : गभर्नर अधिकारी 

images
सोमबार, साउन १५ २०८०
images
नेपालका लागि वैदेशिक मुद्रा आर्जनको प्राथमिक स्रोत बन्न सक्छ सूचना प्रविधि क्षेत्र : गभर्नर अधिकारी 

नेपाल सरकार आफैले पनि यो क्षेत्रलाई प्राथमिकता दिएको र आन्तरिक बजार लक्षित गतिविधि पनि बढ्दै गएको महाप्रसाद अधिकारीले बताए।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सूचना प्रविधि नेपालका लागि विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्रका रुपमा उदय हुन सक्ने सम्भावना रहेको बताएका छन्।

images
images
images

सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस) ले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले सूचना प्रविधिको विकास र विश्व अर्थतन्त्रमा यसले सिर्जना गरेको लाभसँग जोडिने हो भने नेपालले पनि लाभ लिन सक्ने सम्भावना रहेको बताएका हुन्।

images
images

नेपालका लागि रोजगारी सिर्जनाको विषयमात्र नभएर सूचना प्रविधिको सेवा निर्यातबाट विदेशी मुद्रा आर्जनको भरपर्दो स्रोतका रुपमा विकास हुने सम्भावना देखिएको उनको भनाइ छ।

images
images

आईआईडीएसले सूचना प्रविधि सेवाको अवस्था तथा सम्भावनाका बारेमा गरेको अध्ययनले नेपालमा अहिले नै ५ प्रतिशतभन्दा बढी विदेशी मुद्रा सूचना प्रविधिबाट आर्जन भएको र ६६ हजारभन्दा बढीले रोजगारी पाएको देखाएको छ।

नेपाल सरकार आफैले पनि यो क्षेत्रलाई प्राथमिकता दिएको र आन्तरिक बजार लक्षित गतिविधि पनि बढ्दै गएको उनको भनाइ छ। नेपाल राष्ट्र बैंकले सूचना प्रविधिको क्षेत्रलाई दुई तरिकाले सहायोग गरिरहेको उनले बताए। आन्तरिक प्रयोग र सेवा उद्योगको विकास लक्षित राष्ट्र बैंकले काम गरिरहेको उनको भनाइ छ।


प्रकाशित : सोमबार, साउन १५ २०८००६:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend