आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

संघीय निजामती ऐनमा आईटी समूह राख्ने प्रयास भइरहेको छ, तलब र सुविधाले गर्दा जनशक्ति आएन : सञ्चारमन्त्री

images
सोमबार, साउन १५ २०८०
images
संघीय निजामती ऐनमा आईटी समूह राख्ने प्रयास भइरहेको छ, तलब र सुविधाले गर्दा जनशक्ति आएन : सञ्चारमन्त्री

सञ्चारमन्त्री रेखा शर्माले सरकारी सेवालाई नै आधुनिक बनाउने बाहेक सरकारले नयाँ कार्यक्रममार्फत पूर्वाधार निर्माण तथा सेवाको गुणस्तर बढाउन काम गरिरहेको बताइन्। 

images
images

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संघीय निजामती ऐनमा आईटी समूह राख्नका लागि प्रयास भइरहेको बताएकी छन्। सर्वांगिण विकास अध्ययन संस्था (आईआईडीएस) ले सूचना प्रविधिको विकास र विस्तारका बारेमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले ऐनमै आईटी समूह राख्नका लागि काम भइरहेको बताएकी हुन्। 

images
images
images

सूचना प्रविधिको विकासका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको उनले बताइन्। सरकारी सेवालाई चुस्त दुरुस्त राख्नका लागि दक्ष जनशक्ति आवश्यक भएको तर अहिलेको सेवा सुविधा र संरचनामा त्यस्ता जनशक्ति आउन नमान्ने उनको भनाइ छ। 

images
images

‘सामान्य निजामती सेवा र सुविधा संरचनामा सफ्टवेयर इन्जिनयर आउन मान्दैनन्', मन्त्री शर्माले भनिन्, 'त्यसैले हामीले छुट्टै समूह बनाउन खोजिरहेका छौँ।’

images
images

सरकारी सेवालाई नै आधुनिक बनाउने बाहेक सरकारले नयाँ कार्यक्रममार्फत पूर्वाधार निर्माण तथा सेवाको गुणस्तर बढाउन काम गरिरहेको उनले बताइन्। 


प्रकाशित : सोमबार, साउन १५ २०८००५:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend