आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

मिटरब्याजसम्बन्धी २ हजार ५ सय २० उजुरीमा मिलापत्र, ७१ बिघा जग्गा फिर्ता

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन १५ २०८०
images
मिटरब्याजसम्बन्धी २ हजार ५ सय २० उजुरीमा मिलापत्र, ७१ बिघा जग्गा फिर्ता
फाइल तस्बिर।

कुल १ अर्ब २० करोड ४६ लाख २४ हजार ८ सय १२ कारोबार भएको उल्लेख थियो। त्यही पीडितहरुमाथि साहुले भने २ अर्ब २२ करोड २५ लाख ९२ हजार १ सय ९९ माग दाबी गरेको भेटिएको छ।

images
images

काठमाडौं- अनुचितल लेनदेन (मिटरब्याज) सम्बन्धी अहिलेसम्म विभिन्न ५५ जिल्लामा कुल २३ हजार ९ सय ६१ उजुरी दर्ता भएको छ।

images
images
images

गृह मन्त्रालयका अनुसार दर्ता उजुरीमध्ये अहिलेसम्म २ हजार ५ सय २० वटा उजुरीमा मिलापत्र टुङ्गिएको छ। मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले हालसम्म २२ जिल्लाबाट मिटरब्याजसम्बन्धी उजुरी नपरेको जानकारी दिए।

images
images

उनका अनुसार मिलापत्रमा टुङ्गिएका उजुरीमा कुल १ अर्ब २० करोड ४६ लाख २४ हजार ८ सय १२ कारोबार भएको उल्लेख थियो। त्यही पीडितहरुमाथि साहुले भने २ अर्ब २२ करोड २५ लाख ९२ हजार १ सय ९९ माग दाबी गरेको भेटिएको छ।

images
images

त्यसमध्ये अहिलेसम्म ८४ करोड ३६ लाख ८३ हजार ३४ लेनदेन गर्ने गरी मिलापत्र भएको अधिकारीले बताए। मिलापत्र गरेर कुल ७१ बिघा, १९ कठ्ठा, १० धुर जग्गा साहुबाट फिर्ता भएको पनि मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव अधिकारीले जानकारी दिए। 


प्रकाशित : सोमबार, साउन १५ २०८००४:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend