आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

रसुवाको ३८० हेक्टर जमिनमा पुग्यो सिँचाइ सुविधा

images
आइतबार, साउन १४ २०८०
images
रसुवाको ३८० हेक्टर जमिनमा पुग्यो सिँचाइ सुविधा

सिँचाइ कुलो निर्माण एवं मर्मत सुधार तथा नदी नियन्त्रण लगायतका कार्य सम्पन्न गर्न गत आर्थिक वर्षमा कुल १३ करोड पाँच लाख रूपैयाँ बजेट खर्च भएको डिभिजन प्रमुख भुर्तेलले जानकारी दिए।

images
images

रसुवा- क्रमिक रूपमा कुलो निर्माण हुनथालेसँगै रसुवाको खेती प्रणालीमा सुधार आएको छ। खेतीयोग्य जमिनमा आवश्यक पानीको आपूर्ति भएपछि यहाँको कृषि प्रणाली सुधारिएको हो।

images
images
images

सिँचाइ डिभिजन कार्यालय रसुवाले किसानको आवश्यकता मूल्याङ्कन गरी गत आर्थिक वर्षमा १२ वटा नयाँ सिँचाइ कुलो निर्माण गरेको जनाएको छ। विभागका अनुसार १० वटा भइराखेको सिँचाइ कुलो मर्मत गरेर रसुवाका उर्बरा भूमिमा पानीको आपूर्ति व्यवस्थित बनाएको छ।

images
images

सिँचाइ डिभिजन कार्यालयका प्रमुख ई गोविन्द्रप्रसाद भुर्तेलका अनुसार रसुवामा गत वर्ष कुल तीन सय ८० हेक्टर जमिनमा सिँचाइको सुविधा पुर्‍याइएको छ। संघीय एवं प्रदेश सरकारको अनुदानबाट सिँचाइ कुलो निर्माण एवं मर्मत गरी सिँचाइ सुविधा पुर्‍याइएको छ भने जिल्लाका विभिन्न भागमा १७ वटा नदी नियन्त्रणका काम सम्पन्न गरिएका छन्।

images
images

सिँचाइ कुलो निर्माण एवं मर्मत सुधार तथा नदी नियन्त्रण लगायतका कार्य सम्पन्न गर्न गत आर्थिक वर्षमा कुल १३ करोड पाँच लाख रूपैयाँ बजेट खर्च भएको डिभिजन प्रमुख भुर्तेलले जानकारी दिए। उपभोक्ता समितिले जिम्मा पाएको प्राय सिँचाइ योजना निर्माण सम्पन्न भइसकेको र टेण्डर गरिएका काम भने विविध कारणले अगाडि बढ्न नसकेको  प्राविधिकले बताएका छन्।

त्यसैगरी रसुवाको दक्षिणी भेकस्थित कालिका गाउँपालिका क्षेत्रभित्र अवस्थित जीवजिवेको आसपासमा पर्ने भदौरे गाउँ क्षेत्रमा निर्माण गरिएको नमूना थोपा सिँचाइ आयोजनाबाट तीन सय ५० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ। पाखोवारीलाई खेतमा रूपान्तरण गर्दै वर्षायाममा सौरेनी मूलको पानीबाट धान रोपाइँ गराउने र  धाराबाट खेर जाने पानीलाई ट्यांकीमा संकलन गरी हिउँद याममा तरकारी उत्पादन गरिँदै आएको छ।

पानीको स्रोत नहुँदा बाँझो बस्ने जमिनलाई थोपा सिँचाइको अवधारणा ल्याई विसं २०७४ बाट क्रमागत रूपले निर्माण भएको भदौरे नामक थोपा सिँचाइ योजनाबाट तीन सय ५० घर परिवार लाभान्वित भएको बताइएको छ।

अधिकांश समय बाँझो रहने जमिनमा गरिएको सिँचाइको व्यवस्थापनले मंसिरमा धान काट्ने र हिउँ याममा रोपिएका विभिन्न प्रकारका तरकारी टिप्न पाउँदा स्थानीय किसान खुशी भएका छन्। भदौरे थोपा सिँचाइ योजना देशकै नमूना बन्दै गएको सिँचाइसँग सम्बन्धित प्राविधिकले बताएका छन्। रासस


प्रकाशित : आइतबार, साउन १४ २०८०१२:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend