आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

अस्थायी र करारका एक हजार ५९५ दरबन्दी स्वीकृत गर्ने बागमतीको निर्णय

images
आइतबार, साउन १४ २०८०
images
अस्थायी र करारका एक हजार ५९५ दरबन्दी स्वीकृत गर्ने बागमतीको निर्णय

बागमती प्रदेश सरकारले दुई कर्मचारीलाई ११औँ तह (प्रदेश सचिव) मा बढुवा गर्ने निर्णय समेत गरेको छ।

images
images

मकवानपुर- बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।

images
images
images

आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सरकार मातहत काम गर्दै आएका अस्थायी र करारका एक हजार पाँच सय ९५ दरबन्दी स्वीकृत गरेको हो।

images
images

बैठकले दुई कर्मचारीलाई ११औँ तह (प्रदेश सचिव) मा बढुवा गर्ने समेत निर्णय गरेको छ। स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय भएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए।

images
images

यसैगरी बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ। रासस


प्रकाशित : आइतबार, साउन १४ २०८०११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend