आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

लम्पी स्किन संक्रमणबाट बागमतीमा चार हजार पशुचौपाया मरे, एक लाख बढी संक्रमित

images
आइतबार, साउन १४ २०८०
images
लम्पी स्किन संक्रमणबाट बागमतीमा चार हजार पशुचौपाया मरे, एक लाख बढी संक्रमित

सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा तीस हजार सात सय १४ पशुमा संक्रमण पुष्टि भएको निर्देशनालय कार्यालयले जनाएको छ।

images
images

हेटौँडा- बागमती प्रदेशमा ‘लम्पी स्किन’ रोगबाट एक लाख बढी पशुचौपाया संक्रमित भएका छन्। लम्पी स्किनको संक्रमणका कारण ४ हजार ६ सय १८ पशु मरेका प्रदेशस्थित पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार आठ महिनामा १३ जिल्लाका एक लाख ५३ हजार नौ सय पाँच पशु संक्रमित भएका छन्।

images
images
images

निर्देशनालयका अधिकृत डा सबिना मिश्रले गत पुसदेखि यही साउन ८ सम्म प्रदेशमा एक लाख ५३ हजार पशुचौपाया संक्रमित भएका जानकारी दिइन्। उनका अनुसार सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा छ सय ८१ र सबैभन्दा कम ललितपुरमा ८९ पशु मरेका छन्। 

images
images

सिन्धुलीमा छ सय ५०, धादिङमा पाँच सय १३, मकवानपुरमा चार सय ४६, नुवाकोटमा चार सय ११, सिन्धुपाल्चोकमा तीन सय ६०, काठमाडौंमा तीन सय ५७, भक्तपुरमा दुई सय ९३, चितवनमा दुई सय ४२, रामेछापमा दुई सय २९, दोलखामा एक सय ७४ र रसुवामा एक सय ७३ पशुचौपायाको मृत्यु भएको डा मिश्रले जानकारी दिइन्।

images
images

सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा तीस हजार सात सय १४ पशुमा संक्रमण पुष्टि भएको निर्देशनालय कार्यालयले जनाएको छ। कार्यालयको तथ्यांकअनुसार सिन्धुलीमा २४ हजार ९०, धादिङमा १६ हजार चार सय ८८, नुवाकोटमा १४ हजार ५९, रामेछापमा १४ हजार तीन सय ९१, मकवानपुरमा १० हजार ९९, सिन्धुपाल्चोक १० हजार एक सय ४८, चितवनमा १० हजार ४४, दोलाखामा सात हजार चार सय ५६, भक्तपुरमा छ हजार चार सय १३, काठमाडौंमा पाँच हजार ३७, रसुवामा एक हजार आठ सय सात र ललितपुरमा एक हजार चार सय ३१ पशुचौपाया लम्पी स्किन रोगबाट संक्रमित भएका छन्।

संक्रमित हुनेमा गाई एक लाख ४२ हजार सात सय २८, गोरु सात हजार चार सय ९५, भैँसी एक हजार आठ सय ६९ र बाच्छाबाच्छी एक हजार आठ सय १३ रहेका निर्देशनालयका अधिकृत डा मिश्रले जानकारी दिइन्। उनका अनुसार गाई सबैभन्दा बढी संक्रमित भएका हुन्।

प्रदेशमा पहिलो पटक विसं २०७९ पुसमा मकवानपुरगढी गाउँपालिकाको वडा नं २, ३, ४ र ६ मा लम्पी स्किनको संक्रमण देखा परेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख डा बज्रकिशोर ठाकुरले जानकारी दिए। उनका अनुसार माघमा सिन्धुली, चैतमा दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट र वैशाखमा काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, रामेछाप, चितवन, रसुवा र सिन्धुपाल्चोकमा देखा परेको थियो।

प्रदेशमा पशु चौपायामा तीव्र गतिमा लम्पी स्क्रिन रोग फैलिँदै गएपछि संक्रमणविरुद्धको भ्याक्सिन लगाउने कामलाई तीव्रता दिइएको केन्द्रका प्रमुख ठाकुरले बताए। रोग नियन्त्रणका लागि प्रदेशभरीका एक लाख १७ हजार नौ सय पाँच पशुलाई भ्याक्सिन लगाइसकिएको उनले जानकारी दिए। उनका अनुसार एक लाख १५ हजार छ सय ९७ गाई र पाँच हजार एक सय आठ भैँसीलाई भ्याक्सिन लगाइएको छ।

लम्पी स्किन रोगको संक्रमण हुँदा गाईभैँसीमा अत्यधिक ज्वरो आउने, झोक्राउने, दानापानी नखाने, दुहुना गाईभैँसी भए दूध घट्ने, शरीरका विभिन्न भागमा गिर्खा आउने तथा पछि गिर्खा फुटेर अल्सर हुने, आँखामा कचेरा लाग्ने, नाकबाट सिगान बग्ने, निमोनिया हुने, थुनेलो हुनेलगायत लक्षण देखिने प्रदेशस्थित भेटेरिनरी अस्पतालले जनाएको छ। रासस


प्रकाशित : आइतबार, साउन १४ २०८००९:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend