आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

पोखरामा दुई हजार १५० मेट्रिक टन कृषि मल वितरणको लक्ष्य

images
आइतबार, साउन १४ २०८०
images
पोखरामा दुई हजार १५० मेट्रिक टन कृषि मल वितरणको लक्ष्य

गत आर्थिक वर्षमा पोखरामा युरिया, डिएपी र पोटास गरेर एक हजार नौ सय ७७ दशमलव ६५ टन मल खपत भएको थियो।

images
images

गण्डकी- पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा महानगर क्षेत्रका किसानलाई नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल दुई हजार एक सय ५० मेट्रिक टन वितरण गर्ने लक्ष्य राखेको छ।

images
images
images

महानगरपालिकाभित्र मलको बिक्री वितरणका लागि ७० केन्द्र सूचीकृत गरिएको र अघिल्लो वर्षको खपत अवस्था हेरेर यस आवका लागि लक्ष्य निर्धारण गरिएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए। गत आर्थिक वर्षमा पोखरामा युरिया, डिएपी र पोटास गरेर एक हजार नौ सय ७७ दशमलव ६५ टन मल खपत भएको थियो।

images
images

त्यसमध्ये युरिया एक हजार दुई सय २१ दशमलव ७५ टन खपत भएको थियो। त्यस्तै डिएपी छ सय ६३ दशमलव ८५ टन, पोटास ३९ दशमलव ९५ टन र कृषि चुन दुई दशमलव एक टन खपत भएको थियो। मलको डिपोदेखि बिक्री केन्द्रसम्मको दुरीका आधारमा २५ किमिसम्म युरिया प्रतिकिलो १९ दशमलव ४५ देखि २१ रूपैयाँ पाँच पैसासम्म निर्धारण गरिएको छ। 

images
images

त्यस्तै डिएपीको ४८ दशमलव ४५ देखि ५० रूपैयाँ पाँच पैसा र पोटासको मूल्य ३६ रूपैयाँ ४५ पैसादेखि ३८ रूपैयाँ पाँच पैसासम्म तोकिएको कडरियाले जानकारी दिए। मल बिक्रेताले प्लास्टिक झोलाको मूल्य प्रतिकिलो थप दुई रूपैयाँसम्म लिनसक्ने व्यवस्था गरिएको छ। रासस


प्रकाशित : आइतबार, साउन १४ २०८००८:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend