आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

चाबहिलका नापी अधिकृतविरुद्ध अख्तियारले हाल्यो मुद्दा, एक करोड बढीको बिगो कायम

images
आइतबार, साउन १४ २०८०
images
चाबहिलका नापी अधिकृतविरुद्ध अख्तियारले हाल्यो मुद्दा, एक करोड बढीको बिगो कायम

नापी अधिकृत राजु पुरीले सार्वजनिक पदमा रहँदा गैरकानूनीरुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति श्रीमती सिर्जना गिरीको नाममा राखेको पाइएको छ। आयोगले सिर्जनालाई समेत प्रतिवादी कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

images
images

काठमाडौं- नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

images
images
images

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी अधिकृत पुरीविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

images
images

आयोगले नापी अधिकृत पुरीको सार्वजनिक सेवा प्रवेश गरेदेखि गत असार मसान्तसम्मको सम्पत्तिको अध्ययन गरेको थियो। आयोगका अनुसार पुरीले २०५२ पुस ९ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए।

images
images

सो अवधिमा पुरीको वैध आय रु एक करोड २० लाख ७७ हजार सात सय ४८ बराबर रहेको पाइएको छ। त्यसमा पारिश्रमिक, अन्य भत्ता, विभिन्न बैंक तथा वित्तीय संस्था वा सहकारीबाट प्राप्त रकम, ब्याजआय र जग्गाको मुआब्जालगायत रहेको छ।

सो अवधिमा पुरीले दुई करोड २४ लाख ८१ हजार छ सय ९० रूपैयाँ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ। खर्चको तुलनामा आय कम रहेको तथा वैध स्रोतसमेत नभएको पाइएकाले आयोगले नापी अधिकृत पुरीविरुद्ध एक करोड चार लाख तीन हजार नौ सय ४१ रूपैयाँ बराबरको बिगो दाबी गरिएको छ। आयोगले बिगो बमोजिम जरिवाना र कैद सजायको माग गरेको छ।

सार्वजनिक पदमा रहँदा गैरकानूनीरुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति श्रीमती सिर्जना गिरीको नाममा राखेको पाइएको छ। आयोगले सिर्जनालाई समेत प्रतिवादी कायम गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।


प्रकाशित : आइतबार, साउन १४ २०८००८:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend