आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

बलान नदी नियन्त्रण गर्न अस्थायी तटबन्ध निर्माण

images
आइतबार, साउन १४ २०८०
images
बलान नदी नियन्त्रण गर्न अस्थायी तटबन्ध निर्माण
फाइल तस्बिर

वर्षाको समयमा प्रत्येक वर्ष बलान नदी किनारका स्थानीयवासीको बिचल्ली हुने गरेको छ।

images
images

लहान- लहान नगरपालिकाले सिरहा र सप्तरीको सिमाना रहेको बलान नदीको कटान रोक्न अस्थायी तटबन्ध निर्माण गर्न थालेको छ। नदीले पश्चिम किनार रहेका लहान-२३ को करैया तिलेबोना गाउँका किसानको सयौँ बिघा उर्वर जमिन कटान गरेर बस्तीतिर सोझिएपछि नगरपालिकाले चासो दिएको हो।

images
images
images

अस्थायी तटबन्ध निर्माण गर्नका लागि फलामका पाइप, बाँसको टाँटी र सिमेन्टको बोरामा बालुवा राखेर तटबन्ध निर्माण गर्न सुरु भएको हो। यस कार्यमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको पनि सहभागिता र सहयोग छ।

images
images

शनिबार लहान नगरपालिकाका प्रमुख महेश चौधरीको अगुवाइमा जिल्लास्थित प्रतिनिधिसभा सांसद रामशंकर यादव, प्रदेशसभा सदस्य ललिता दास, जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो, सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेसहितको टोलीले स्थलगत अनुगमन गरेको थियो।

images
images

तटबन्ध बनाउन आर्थिक वर्ष २०८०/०८१ मा लहान नगरपालिकाबाट ५० लाख रूपैयाँ रकम विनियोजन गरिएको नगरप्रमुख चौधरीले जानकारी दिए। 'यहाँ धेरै ठूलो रकम लाग्छ। प्रदेश र संघ सरकारसँग पनि समन्वय गरिरहेका छौँ', उनले भने, 'यसपालि केही महिनाभित्रै ठोसरूपमा ठूला योजना ल्याएर तटबन्ध निर्माण गर्छौँ। अहिले तत्कालका लागि अस्थायी प्रकृतिको तटबन्ध निर्माण गरिनेछ।' यसमा प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यले पनि सहयोग गर्नुपर्नेमा उनले जोड दिए।

लहान नगरपालिका-२३, सखुवानन्करकटी गाउँपालिकाको ४ र ५ नं वडा र भगवानपुर गाउँपालिकाको १ र ४ नं वडाको गरी सयौँ बिघा उर्वर जमिन वर्षौँदेखि कटान भइरहेको लहान-२३ का अजय यादवले बताए। वर्षाको समयमा प्रत्येक वर्ष बलान नदी किनारका स्थानीयवासीको बिचल्ली हुने गरेको छ। रासस


प्रकाशित : आइतबार, साउन १४ २०८००६:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend