आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

बाढीको त्रासमा रातभर जागराम बस्छन् कुतियाकबरवासी

images
आइतबार, साउन १४ २०८०
images
बाढीको त्रासमा रातभर जागराम बस्छन् कुतियाकबरवासी

कुतियाकबरवासीलाई बर्सेनि पर्ने विपत्ति बाढीको समस्या समाधानमा जनप्रतिनिधिले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ। वर्षौँदेखि चुनावमा डुबान र कटानको समस्या समाधान गर्ने आश्वासन दिने नेता जितेपछि सो आश्वासन बिर्सिने गरेको उनीहरूको गुनासो छ।

images
images

बेदकोट- बर्सातको पानीले किसानलाई राहत हुन्छ। तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकबरका स्थानीयको भोक, निद्रा उडाउँछ। 

images
images
images

महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती भोग्छन् उनीहरू। पानी परेको रात जागराम बस्छन्। उनीहरूलाई बाढीको त्रासले ज्यान, घरखेत जोगिन्छ कि जोगिँदैन भनेर पिरोलिरहन्छ।

images
images

'बर्खा लागेपछि यहाँ बस्न गाह्रो हुन्छ, रातभर जागराम बसेर नदीमा पानीको बहाब हेरिरहनुपर्छ', कुतियाकबरका स्थानीय खड्के बुढाले भने, 'बाढी आयो भने सिधै बस्ती पस्छ, कुन बेला के हुन्छ थाहा छैन।'

images
images

महाकाली पारि भारतसँग जोडिएको नेपाली बस्ती हो, कुतियाकबर। करिब ४० परिवारको बसोबास रहेको यहाँ चार सयभन्दा बढी मानिस छन्। जोगबुढा र महाकाली नदीले घेरिएको यो टापुका बासिन्दालाई बर्सेनि बाढीले सताउने गरेको छ। बर्खायाम लागेसँगै कुतियाकबरका बासिन्दा त्रसित बनेका छन्।

आफूहरू डरडरैमा बाँच्नुपरेको स्थानीय वसन्ती सुनार बताउँछिन्। 'केही दिनअघि धौलिगंगा बाँध खोलेको जानकारी आएको थियो, त्यसबेला बाढी आउँछ कि भनेर रातभर सुत्न सकेनौँ', उनले भनिन्, 'पानी परेमा बेला-बेला पानी बढ्यो कि भनेर हेर्दैमा रात बित्छ।'

सुनारको घरमा दुई स-साना छोराछोरी र वृद्ध आमा छन्। यहाँका स्थानीय मोबाइलमा एसएमएसमार्फत आउने बाढीको पूर्वसूचना हेरिरहन्छन्। स्थानीयले आवश्यक पर्ने लत्ताकपडा पोको पारेर तयारी अवस्थामा राखेका छन्।

'घरखेत पूरै ढाकेर बाढी आउँछ, ज्यान जोगाउन मुस्किल पर्छ', स्थानीय बमबहादुर सुनारले भने, 'घरखेत, लत्ताकपडा, खाद्यान्न सब छाडेर अन्नत्र जान्छौँ।' उनका अनुसार कतिपयले बाढीको बेला विद्यालय तथा छिमेकीको घरमा आश्रय लिएर बस्ने गरेका छन्। महाकाली नदीले यसपटक पनि कुतियाबरमा कटान गर्न थालेको छ।

'यसपटक ठूलो बाढी आएको छैन, त्यसमा पनि महाकालीले जमिन कटान गर्न थालेको छ', उनले भने, 'खेत बगरमा परिणत गरिसक्यो, यस्तै रह्यो भने हाम्रो त उठिबास नै लाग्छ।'

कुतियाकबरवासीलाई बर्सेनि पर्ने विपत्ति बाढीको समस्या समाधानमा जनप्रतिनिधिले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ। वर्षौँदेखि चुनावमा डुबान र कटानको समस्या समाधान गर्ने आश्वासन दिने नेता जितेपछि सो आश्वासन बिर्सिने गरेको उनीहरूको गुनासो छ।

'सीमा रक्षक बनेर बसेका हामीहरूलाई सरकारले कहिल्यै हेरन, चुनाव जित्नलाई समस्या समाधान गर्ने आश्वासन दिन्छन्, पछि बिर्सिन्छन्', स्थानीय ऐनबहादुर सुनारले भने, 'महाकाली उचो भइसक्यो, हामी होचो भू-भागमा छौँ, कुनै बेला पनि नदी गाउँ पस्न सक्छ।' 

महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध तथा गाउँमा बाढी आएको बेला बस्न मिल्ने ‘सेफ हाउस’ (मचान) बनाउनुपर्ने स्थानीयको माग छ। 'वर्षैँपिच्छे बाढीको समस्या झेल्नुपर्छ, ज्यानको जोखिममा राखेर बस्नुपरेको छ', उनले भने, 'सरकारले हाम्रो पीडा कहिले सुन्छ?' रासस


प्रकाशित : आइतबार, साउन १४ २०८००५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend