आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

images
आइतबार, साउन १४ २०८०
images
नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन्।

images
images

चितवन- नारायणगढ-मुग्लिन सडकखण्डमा आज बिहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। 

images
images
images

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो। पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन्।

images
images

पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको उनले बताए। पहिरोका कारण यस सडकखण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ। रासस

images
images


प्रकाशित : आइतबार, साउन १४ २०८००५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend