आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, अनलाइनबाट फारम भर्नुपर्ने 

images
आइतबार, साउन १४ २०८०
images
कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, अनलाइनबाट फारम भर्नुपर्ने 

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा सजाय नपाएको, गणतन्त्र कोरियामा गएर गैरकानूनी गतिविधिमा संलग्न नभएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको, कोरियामा इ–९ र इ–९–१ भिषामा पाँच वर्षभन्दा कम अवधि बसेकोले आवेदन दिन पाउने छन्।

images
images

काठमाडौं- कोरियन भाषा परीक्षाको आवेदन खुलेको छ। रोजगार अनुमति प्रणाली अन्तर्गत दक्षिण कोरियाको पानी जहाज कम्पनीमा काम गर्न पठाउनका लागि भाषा परीक्षाका लागि आवेदन खुलेको हो। 

images
images
images

वैदेशिक रोजगार विभागको ईपीएस (रोजगार अनुमति प्रणाली) कोरिया शाखाले उक्त भाषा परीक्षाका लागि आवेदन खुला गरेको हो।साउन  २० गतेदेखि २४ सम्म फारम भर्न सकिने ईपीएस शाखाले प्रकाशित गरेको सूचनामा उल्लेख छ।

images
images

भाषा परीक्षा असोज १ गतेदेखि सुरू हुनेछ। परीक्षा एकै दिनमा ४ सिफ्ट गरी सञ्चालन हुनेछ। आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुन सक्ने शाखाले बताएको छ। 

images
images

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा सजाय नपाएको, गणतन्त्र कोरियामा गएर गैरकानूनी गतिविधिमा संलग्न नभएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको, कोरियामा इ–९ र इ–९–१ भिषामा पाँच वर्षभन्दा कम अवधि बसेकोले आवेदन दिन पाउने छन्।

सन् २०२३ को कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा उत्तीर्ण भई सीप परीक्षा दिई बसेका व्यक्तिहरूलेसमेत यस क्षेत्रको परीक्षा आवेदन दर्ता गराउन सक्नेछन्। यो क्षेत्रको भाषा परीक्षामा सामेल भई अनुत्तीर्ण व्यक्तिहरूले पछि हुने अन्य क्षेत्रतर्फको परीक्षा आवेदनहरू प्रकाशित भएमा त्यस परीक्षाका लागिसमेत आवेदन दिन सक्ने शाखाले बताएको छ।

यो फारम अनलाइनबाटमात्र भर्नुपर्ने शाखाले जानकारी दिएको छ। यसका लागि आवेदकहरूले https://eoers.epsnepal.gov.np मा गएर लगइन गरी फारम भर्नुपर्ने छ। 

फारम भर्दा जेपीजी इमेज १०० केबीसम्मको आवश्यक पपर्ने छ। फारम भर्दा आफ्नै ईमेल र मोबाइल नम्बर राख्नुपर्नछ। अनलाइन फारम भरेर दर्ता गर्नुभन्दा अघिल्लो दिन अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ। 

फारम साउन २० देखि २४ दर्ता गरिसक्नुपर्ने छ। 


प्रकाशित : आइतबार, साउन १४ २०८००३:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend