आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

गत आवमा ३२२ उद्योग दर्ता

images
शनिबार, साउन १३ २०८०
images
गत आवमा ३२२ उद्योग दर्ता

गत आवमा विभागमा दर्ता भएका उद्योगले प्रस्ताव गरेको कुल लगानी दुई खर्ब १४ अर्ब रूपैयाँ बराबर रहेको छ। दर्ता भएकामध्ये ठूला उद्योग ६६, मझौला ७० र साना एक सय ८६ रहेका छन्।

images
images

काठमाडौं- गत आर्थिक वर्ष २०७९/८० मा उद्योग विभागमा ३ सय २२ उद्योग दर्ता भएका छन्। विभागले सार्वजनिक गरेको गत आवको प्रगति विवरणअनुसार स्वदेशी र विदेशीसमेत गरी ३ सय २२ उद्योग दर्ता भएका हुन्।

images
images
images

गत आवमा विभागमा दर्ता भएका उद्योगले प्रस्ताव गरेको कुल लगानी दुई खर्ब १४ अर्ब रूपैयाँ बराबर रहेको छ। ती उद्योगहरुबाट प्रस्तावित रोजगारीको संख्या २३ हजार तीन सय २४ रहेको विभागले जनाएको छ। दर्ता भएकामध्ये ठूला उद्योग ६६, मझौला ७० र साना एक सय ८६ रहेका छन्।

images
images

औद्योगिक व्यवसाय ऐन, २०७६ ले ५० करोड रूपैयाँभन्दा बढी स्थिर पुँजी भएका उद्योगलाई ठूला, १५ करोड रूपैयाँदेखि ५० करोड रूपैयाँसम्म मझौला र लघु तथा घरेलु उद्योगबाहेक १५ करोड रूपैयाँसम्मको स्थिर पुँजी भएकालाई साना उद्योगका रुपमा वर्गीकरण गरेको छ।

images
images

उद्योग विभागमा गत वर्ष पाँच प्याटेन्ट र १८ डिजाइन दर्ता भएका छन्। त्यस्तै गत आवमा दर्ता भएका ट्रेडमार्कको संख्या तीन हजार दुई सय ५४ रहेको छ। पछिल्लो एक वर्षको अवधिमा ट्रेडमार्कसम्बन्धी मुद्दामा एक सय ५० कम्पनीलाई कारबाही गरिएको विभागले जनाएको छ। विभागबाट प्रारम्भिक वातावरणीय परीक्षण (आइई) स्वीकृति लिनेको संख्या ८२ छ।

सोही अवधिमा चार सय चार उद्योगले निर्यातमा नगद अनुदान लिनका लागि विभागबाट मूल्य अभिवृद्धि (भ्यालु एडिसन) प्रमाणित गराएका छन् भने भारत निर्यातका लागि उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) सिफारिस भएका ९८ छन्। गत आवमा उद्योग विभागबाट स्वीकृत भएका विदेशी लगानीको संख्या तीन सय २७ छन्। उक्त उद्योगबाट कुल ३३ अर्ब १४ करोड रूपैयाँ बराबरको विदेशी लगानी प्रस्ताव आएको विभागले जनाएको छ। रासस


प्रकाशित : शनिबार, साउन १३ २०८०११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend