आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

महिना दिनमै उप्कियो कालोपत्र

images
शनिबार, साउन १३ २०८०
images
महिना दिनमै उप्कियो कालोपत्र

निर्माण कम्पनीले १३ करोड ९९ लाख रूपैयाँमा आगामी असोज २१ गतेसम्म सडक मर्मत सक्ने गरी ठेक्का लिएको थियो।

images
images

ढोरपाटन- राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ खण्डमा पर्ने करिब एक सय ४२ किलोमिटरमध्ये अधिकांश सडक कालोपत्र भइसकेको छ। बागलुङ-घोडाबाँधे खण्डको १५ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ।

images
images
images

वर्षौँ अगाडि कालोपत्र भएको घोडाबाँधे-गलकोट खण्ड जीर्ण बनेपछि अहिले मर्मत भइरहेको छ। निर्माण कम्पनीले केही दिनमै काम सक्ने गरी तीव्रता दिए पनि मर्मत भएका केही ठाउँमा बीच भागमै कालोपत्रे उप्किएको छ।

images
images

एक महिना नबित्दै कालोपत्र उप्किन थालेको भन्दै स्थानीयले निर्माण कम्पनी र सरोकारवाला निकायले लापरबाही गरेको आरोप लगाएका छन्। विसं २०७९ असार २२ मा लोकमार्ग कार्यालयसँग सम्झौता गरी जोशी निर्माण कम्पनी काठमाडौंले काम थालेको थियो। 

images
images

निर्माण कम्पनीले कालोपत्र गरेको लोकमार्गको नरठाँटी, काफलठूटा, झाँक्रीस्थानलगायत ठाउँमा उप्किएको यात्रु तिलबहादुर खत्रीले बताए। यस क्षेत्रमा कालोपत्र भएको महिना दिन पनि नपुगेको भन्दै उनले यसरी काम गर्दागर्दै कालोपत्र उप्किँदा आवागमनमा सास्ती भएको बताए।

'के काम गरेको होला यस्तो, काम गर्दैछ, सडक उक्किँदैछ, यस्तो पनि हुन्छ, सरोकारवाला निकायले निगरानी गर्नुपर्ने हो', खत्रीले भने, 'यसको जिम्मेवारी कसले लिने? गुणस्तरहीन काम भएकोप्रति स्थानीय सरकारको छिटो ध्यान जाओस् र समाधान खोजियोस्।'

निर्माण कम्पनीले १३ करोड ९९ लाख रूपैयाँमा आगामी असोज २१ गतेसम्म सडक मर्मत सक्ने गरी ठेक्का लिएको थियो।

मध्यपहाडी लोकमार्गका इन्जिनियर राजन पाण्डेले मर्मतका लागि तोकिएको रकममध्ये एक करोड रूपैयाँ भुक्तानी लिन बाँकी रहेको बताए। उनले जेठमा कालोपत्र भएको स्थानमा पहिरो र भल आएर भत्किएकाले उक्त स्थानमा पुनः मर्मत गरिने जानकारी दिए। पाँच किलोमिटर कालोपत्र गरेकामा करिब ५० मिटर सडकमा उप्किने र भत्किने समस्या भएको उनको भनाइ छ। 

'अहिले जहाँजहाँ भत्किएको छ, सोही स्थानमा यसअघि पनि भत्किने गरेको रहेछ, भौगोलिक नाजुकताका कारण यो समस्या आएको हो', इन्जिनियर पाण्डेले भने, 'जेठमा कालोपत्र गरेपछि ठूलो पानीसँगै भल आयो र भत्कियो। यसलाई निर्माण कम्पनीले पुनःमर्मत गर्नेछ।' उनले भत्किएका स्थानमा कालोपत्र भन्दा ढलान गर्नुपर्ने बताए। रासस


प्रकाशित : शनिबार, साउन १३ २०८०१०:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend