आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

श्रमदानबाट भाचोक खोलामा स्थानीयले बनाए काठेपुल

images
शनिबार, साउन १३ २०८०
images
श्रमदानबाट भाचोक खोलामा स्थानीयले बनाए काठेपुल
फाइल तस्बिर

पुल सञ्चालन भएसँगै खासुर, देउजन थोक, साँधु, पाङ्ग्रेक्यु, खाँचे र बेँसी भाचोकका स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन्।

images
images

लमजुङ- यहाँका स्थानीयले एक महिना लगाएर अस्थायी मोटरेवल काठेपुल निर्माण गरेका छन्। बेँसीसहर नगरपालिका-१० भाचोक खोलामा स्थानीयले श्रमदान गरी काठेपुल निर्माण गरेका हुन्।

images
images
images

पाँच सयभन्दा बढी युवाको श्रमदानबाट एक महिनामा उक्त पुल निर्माण सम्पन्न गरिएको स्थानीय दुधप्रसाद घलेले बताए। उनका अनुसार बेँसीसहर खासुर सडकखण्डअन्तर्गत भाचोक खोलामा निर्मित उक्त पुलमा आज बिहानदेखि सवारीसाधन सञ्चालनमा आएका छन्।

images
images

गत असार ३ मा आएको बाढीले यसअघि राखिएको काठेपुल बगाएपछि सवारीसाधन आवतजावत बन्द रहँदै आएको थियो। उक्त पुलबाट बोलेरो जीप, एम्बुलेन्स तथा मिनिबस आवातजावत गर्न सक्ने घलेको भनाइ थियो। बाढीले पुल बगाएपछि जोखिम मोलेर खोलाबाट हिँड्ने गरिएको भन्दै अहिले काठेपुल निर्माण भएर सञ्चालनमा आएसँगै आवागमन सहज भएको उनले बताए।

images
images

पुल सञ्चालन भएसँगै खासुर, देउजन थोक, साँधु, पाङ्ग्रेक्यु, खाँचे र बेँसी भाचोकका स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन्। सिमेन्ट तथा बालुवा नगरपालिकाले उपलब्ध गराएको भन्दै पुलका लागि चाहिने काठ वन कार्यालयसँग समन्वय गरी गाउँकै सामुदायिक वनले उपलब्ध गराएको वडाध्यक्ष गंगा थापाले जानकारी दिइन्। उनले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा जिल्लाका सुरक्षाकर्मी तथा स्थानीयले श्रमदान गरेका बताइन्। उनका अनुसार डुम्रे-बेंसीसहर-चामे सडक योजना कार्यालयले एक्साभेटर उपलब्ध गराएको थियो।

वडाध्यक्ष थापाले भाचोक खेला डुम्रे-बेँसीसहर-चामे सडकको वैकल्पिक मार्गसमेत रहेको बताइन्। उनका अनुसार बेँसीसहर नगरपालिका वडा नं ६ खरखरे भिरमा पहिरो जाँदा बेँसीसहर, बाँझोखेत, लेतेफाट, भाचोकबेँसी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युतको पावर हाउस हुँदै सुरुङ मार्गमा यो सडक जोडिन्छ। रासस


प्रकाशित : शनिबार, साउन १३ २०८००८:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend