आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

मदनडाँगी-ताराबारी डिपु सडक निर्माण गरिँदै

images
शनिबार, साउन १३ २०८०
images
मदनडाँगी-ताराबारी डिपु सडक निर्माण गरिँदै

सडकको बीचमा हरियाली क्षेत्रको व्यवस्था गरिएको छ। सडकको दुवैतर्फ बिजुली बत्तीको जडान गरिने र नाला निर्माण गरिने छ। पाँच किलोमिटर लामो सो सडक निर्माणका लागि ४४ करोड २४ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको छ।

images
images

दमक- झापाको दमक नगरपालिकाअन्तर्गतको मदनडाँगी-ताराबारी डिपु सडक निर्माण थालिएको छ। दमक-१ र ५ वडा हुँदै दमक-४ को ताराबारी डिपुसम्मको सो सडकको शिलान्यास गरिएको छ।

images
images
images

विश्व बैंकको सहयोगमा बन्न लागेको उक्त चार लेन सडकको नगरप्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराईले संयुक्त रुपमा शिलान्यास गरेका हुन्। सडक शिलान्यास गर्दै नगरप्रमुख थापाले तोकिएको समयमा सम्पन्न गर्न सम्बन्धित ठेकेदार कम्पनीलाई आग्रह गरे।

images
images

नगरउपप्रमुख भट्टराईले सडक निर्माणका लागि रेखदेख समितिले निरन्तर काम गर्ने र कुनै गुनासो भए गुनासो सुनुवाइ समितिले सहजीकरण गर्ने उल्लेख गरे।

images
images

सडकको बीचमा हरियाली क्षेत्रको व्यवस्था गरिएको छ। सडकको दुवैतर्फ बिजुली बत्तीको जडान गरिने र नाला निर्माण गरिने छ। पाँच किलोमिटर लामो सो सडक निर्माणका लागि ४४ करोड २४ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको दमक नगरपालिकाका इन्जिनियर अनन्त सेनेहाङले जानकारी दिए।

सडक निर्माणका लागि विश्व बैंकले नेपाल सरकारलाई सरल ब्याजदरमा ऋण उपलब्ध गराएको हो। विसं २०८२ असारसम्ममा सडक निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख छ। रासस


प्रकाशित : शनिबार, साउन १३ २०८००८:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend