आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

एक वर्षमा डुङ्गेश्वर गाउँपालिकाको ३ सय घरमा खानेपानी

images
शुक्रबार, साउन १२ २०८०
images
एक वर्षमा डुङ्गेश्वर गाउँपालिकाको ३ सय घरमा खानेपानी

एक वर्षमा डुङ्गेश्वर गाउँपालिकाको ३ सयभन्दा बढी घरमा खानेपानीको धारा जडान भएको छ।

images
images

दैलेख- जिल्लाको डुङ्गेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा तीन सयभन्दा बढी घरमा खानेपानीको धारा जडान गरी खानेपानीको पहुँच विस्तार गरेको छ।

images
images
images

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीले गत आवमा तीन सय ५७ नागरिकका घरमा खानेपानी विस्तार गरिएको बताए। सोही अवधिमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १८ योजना सञ्चालन गरी दुई सय चारलाई आंशिक रोजगारी उपलब्ध गराइएको उनले जानकारी दिए। पालिकाले मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पाँच योजना सञ्चालन गरी एक सय ६४ लाई आंशिक रोजगारी प्रदान गरेको थियो।

images
images

पालिकामा खानेपानी तथा सरसफाइ स्वच्छता योजना निर्माण सुरु गरिएको बताउँदै अध्यक्ष केसीले पानीको गुणस्तर परीक्षण गर्न प्रयोगशाला स्थापना गरिएको जानकारी दिए। उनका अनुसार पालिकामा १० शय्याको अस्पताल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन स्वीकृत भइसकेको छ भने जग्गा प्राप्तिको काम सम्पन्न भएको छ।

images
images

पालिकाको स्वास्थ्य शाखाबाट शिविर सञ्चालन, मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचार खर्चबापत पाँच हजार रूपैयाँका दरले सहायता उपलब्ध गराइएको अध्यक्ष केसीले बताए।

पालिका कार्यालयका साथै सबै वडा, स्वास्थ्य संस्था र छ माविमा ई-हाजिरी जडान गरिएको, योजना सफ्टवेयर, वडा सिफारिस, संघसंस्था दर्ताका लागि सफ्टवेयर लागु गरी डिजिटल गाउँपालिका बनाउने अभियानलाई जोड दिइएको छ।

यस वर्ष ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रमअन्तर्गत ४४ जना छोरीको बैंक खातामा पैसा जम्मा गरिएको छ। गाउँपालिकाले ‘गर्भवतीसँग उपाध्यक्ष भेटघाट कार्यक्रम’मार्फत तीन सय १५ गर्भवतीसँग प्रत्यक्ष भेट गरी स्वास्थ्य परीक्षणसँगै पोषणयुक्त कोसेली वितरण गरेको गाउँपालिकाले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, साउन १२ २०८०१२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend