आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

काठमाडौंमा ४० माइक्रोनभन्दा कम मोटाइका प्लाष्टिकका झोलामा प्रतिबन्ध, महानगरले थाल्यो अनुगमन

images
शुक्रबार, साउन १२ २०८०
images
काठमाडौंमा ४० माइक्रोनभन्दा कम मोटाइका प्लाष्टिकका झोलामा प्रतिबन्ध, महानगरले थाल्यो अनुगमन
images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइका प्लाष्टिकका झोलामा प्रतिबन्ध लगाउने भएको छ।

images
images
images

महानगरले ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सजावटका वस्तु तथा सामग्री महानगरपालिकाभित्र ल्याउन, भण्डारण गर्न र बिक्री गर्न प्रतिबन्ध लगाएको महानगर प्रमुख बालेन शाहले जानकारी दिए।

images
images

प्रमुख शाहका अनुसार यसको कार्यान्वयनका लागि महानगरले आजबाट माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन समेत थालेको छ। यदि पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गरिने उनको चेतावनी छ।

images
images

'वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गर्दैछौँ। प्रहरीको क्षेत्रबाट ४ टोली र केन्द्रबाट एउटा टोली गरी ५ वटा टोली यसका लागि खटाइनेछ', प्रमुख शाहले भने, 'टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लाष्टिकको जाँच गर्छ। यदि यी पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गर्छ। प्लाष्टिकका फूल, प्लाष्टिकका सजावटका सामानचाहिँ कुनै पनि प्रयोग गर्न पाइँदैन।'

माइक्रो प्लाष्टिकले मानव कोषमा पार्ने असर सबैभन्दा घातक हुने र यसैकारण दीर्घरोग र महामारीबाट जनधनको क्षति व्यहोर्नु परिरहेको उनले बताए। 'मानिसमा जस्तै असर अन्य जीव जनावरमा पनि परेको छ। जमिनको उर्वराशक्ति क्षय भइरहेको छ। मानव सभ्यता र वातावरण माथिको यो असर घटाउन काठमाडौँ महानगरपालिकाले पोलिथिन झोला र प्लाष्टिकजन्य फूललगायतका सामान निषेध अभियान थालनी गरेको हो', उनले भने। 


प्रकाशित : शुक्रबार, साउन १२ २०८०११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend