आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

ठेचोका सुकुम्बासीलाई जग्गाको निस्सा वितरण

images
शुक्रबार, साउन १२ २०८०
images
ठेचोका सुकुम्बासीलाई जग्गाको निस्सा वितरण
फाइल तस्बिर

भूमि आयोगसँगको समन्वयमा नगरपालिकाभित्रका सबै सुकुम्बासीलाई निस्सा गर्दै आवश्यक प्रक्रिया पूरा गरी जग्गाको लालपुर्जा वितरण गर्ने नगरप्रमुख गजेन्द्र महर्जनले बताए।

images
images

पाटन- गोदावरी नगरपालिका-१२ ठेचोका सुकुम्बासीहरुलाई निस्सा वितरण गरिएको छ। गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र वडा १२ का अध्यक्ष जगत महर्जन, जिल्ला समन्वय समिति सदस्य शोभा केसीसहितको उपस्थितिमा भूमि आयोग जिल्ला समिति ललितपुरले ठेचोका पाँचजना भूमिहीन सुकुम्बासीहरुलाई निस्सा वितरण गरेको हो।

images
images
images

सो अवसरमा नगरप्रमुख गजेन्द्र महर्जनले भूमि आयोगसँगको समन्वयमा नगरपालिकाभित्रका सबै सुकुम्बासीलाई निस्सा गर्दै आवश्यक प्रक्रिया पूरा गरी जग्गाको लालपुर्जा वितरण गर्ने बताए। 'हामीले गत असार ३१ गते वडा नं ७ देवीचौरका भूमिहीनलाई निस्सा वितरण गरिसकेका छौँ, अब बाँकी १२ वटै वडाका भूमिहीनलाई निस्सा वितरणका लागि भूमि आयोग जिल्ला समितिसँग समन्वय भइरहेको छ, करिब एकदेखि दुई महिनाभित्र सबै भूमिहीनहरुलाई निस्सा वितरण सम्पन्न गर्नेछौँ', उनले भने।

images
images

भूमि आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनले भूमि आयोग ललितपुरले निस्सा वितरणलाई तीव्रताका साथ अगाडि बढाइरहेको बताए। 'ललितपुरका सबै राजनीतिक दल, जनप्रतिनिधि र स्थानीय तहले आवश्यक समन्वय गर्ने हो भने सबै सुकुम्बासी र भूमिहीनलाई निस्सा वितरण गरी लालपुर्जा वितरण गर्न कुनै समस्या छैन। सबैले सहयोग गर्ने हो भने राज्यको नीति र लक्ष्यअनुरुप काम गर्न र भूमिहीन सुकुम्बासीहरुलाई स्थानीय तहले व्यवस्थापन गरेको जग्गाको लालपुर्जा वितरण गर्न कुनै समस्या छैन', संयोजक महर्जनले भने।

images
images

भूमि आयोग जिल्ला समिति ललितपुरका सदस्य रमेशप्रसाद घिमिरेका अनुसार हालसम्म बागमती गाउँपालिकाका ९४ परिवार, गोदावरी नगरपालिका-७ देवीचौरका १४ परिवार र वडा नं १२ ठेचोका पाँच परिवार गरी एक सय १३ परिवारलाई निस्सा वितरण भइसकेको र बाँकी रहेका स्थानीय तह र वडाहरुमा निस्सा वितरणका लागि तयारी भइरहेको छ। रासस


प्रकाशित : शुक्रबार, साउन १२ २०८०११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend