आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

पहिरोले मुहान र पाइप बगाउँदा खानेपानीको समस्या

images
शुक्रबार, साउन १२ २०८०
images
पहिरोले मुहान र पाइप बगाउँदा खानेपानीको समस्या

चार दिनदेखि धारामा पानी नआउँदा छ सय घरका तीन हजार बढी नागरिकले खानेपानीको समस्या भोग्नुपरेको छ।

images
images

ढोरपाटन- निरन्तर वर्षाका कारण खसेको पहिरोले खानेपानी मुहान र पाइप बगाउँदा बागलुङको गलकोट नगरपालिका-११ रिघाको सिंगो गाउँमा पानीको समस्या भएको छ।

images
images
images

रिगा खानेपानी आयोजनाको मुहान माथिदेखि झरेको पहिरोले २५ मिटर पाइप लाइनसहित मुहानलाई क्षतविक्षत बनाएको गलकोट नगरपालिका-११ का वडाध्यक्ष डम्मबहादुर श्रीसले जानकारी दिए। खानेपानीको समस्या समाधान गर्न विसं २०६८ मा रिघा गाउँदेखि १८ किलोमिटर टाढा गलकोट नगरपालिका-१० पाण्डपवखानीस्थित मूलबाट पानी ल्याइएको उनको भनाइ थियो। चार दिनदेखि धारामा पानी नआउँदा छ सय घरका तीन हजार बढी नागरिकले खानेपानीको समस्या भोग्नुपरेको छ।

images
images

'चार दिनभन्दा बढी भयो गाउँमा पानी आएको छैन, पानी नआउँदा स्थानीयवासीले समस्या भोग्नुपरेको छ, पहिरोले २५ मिटर जिआइ पाइप बगाएको छ', मुहानमा पनि ठूलो क्षति पुर्‍याएको छ', वडाध्यक्ष श्रीसले भने, 'गाउँलेलाई तत्कालका लागि खानेपानी समस्या समाधान गर्ने प्रयास गरेका छौँ, निरन्तर वर्षा भइरहेको हुँदा अहिलेसम्म पानी ल्याउन सकिएको छैन, अहिले अस्थायीरुपमा भए पनि पानी ल्याउने प्रयास भएको छ, बर्खा सकिए पछि दीर्घकालीनरूपमा समाधान गर्ने गरि काम गर्नुपर्छ।'

images
images

रिघा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष ताराबहादुर पुनले चार दिनदेखि पानी नआउँदा सरसफाइ र घरायसी काम गर्न समस्या भएको बताए। पहिरोले पाइप र मुहान बगाउँदा रिघा गाउँमा १२ वर्ष अगाडिको अवस्था आएको उनको भनाइ थियो। अहिले आकाशे पानीको भरमा स्थानीयवासीले गर्जो टार्ने गरेका छन्।

अध्यक्ष पुनले भने, 'गाउँमा पानीको दुःख भयो भनेर धेरै मेहनत गरी टाढाबाट पानी ल्यायौँ, पानी आएपछि गाउँलेले सुखको श्वास फेरेका थिए, अहिले फेरि समस्या आयो, अहिले कोहीले बासी पानी खान्छन्, कोहीले आकाशको पानी खान्छन्, बर्खामा धारा सुख्खा छन्, पुरानो मुलको पानी ल्याउने कोसिस पनि गरिरहेका छौँ।' रासस


प्रकाशित : शुक्रबार, साउन १२ २०८००८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend