आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

दाङमा २९८ घरेलु उद्योग बन्द

images
शुक्रबार, साउन १२ २०८०
images
दाङमा २९८ घरेलु उद्योग बन्द

कोभिड-१९ को प्रभावपछि वृद्धि गरिएको बैंक ब्याज, आर्थिक तरलतालगायत कारण बढीजसो उद्योग तथा वाणिज्य फर्म बन्द भएका हुन्। उद्योग तथा वाणिज्य फर्म बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली रहेका छन्।

images
images

घोराही- दाङमा आर्थिक वर्ष २०७९/८० मा दुई सय ९८ घरेलु तथा साना उद्योग बन्द भएका छन्। 

images
images
images

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लालबहादुर गुरुङका अनुसार वाणिज्यतर्फ तीन सय २३ साना उद्योग बन्द भएका छन्। बन्द हुनेमा उत्पादनमूलक उद्योग ५४, पर्यटन उद्योग ४८ र सेवामूलक उद्योग ५६ रहेका छन्। कार्यालयमा आएर आधिकारिकरूपमा बन्द गराउनेको संख्या न्यून भएको उनले बताए।

images
images

जिल्लामा आव २०७९/८० मा सात सय ४२ घरेलु तथा साना उद्योग दर्ता भएका थिए। चालु तथा स्थिर पुँजीतर्फ एक अर्ब ४१ करोड एक लाख रूपैयाँ लगानी भएको छ। यसबाट ६३ लाख ३१ हजार रूपैयाँ राजस्व संकलन भएको प्रमुख गुरुङले बताए। जिल्लामा हालसम्म ११ हजार तीन सय ८२ घरेलु तथा साना उद्योग रहेका छन्।

images
images

विसं २०७९ असार मसान्तसम्म १० हजार नौ सय ३८ र आव २०७९/८० मा सात सय ४२ उद्योग थपिएको तथ्यांकले देखाएको छ। एक वर्षको अवधिमा सात सय १७ उद्योग नवीकरण भएका छन्। आठ सय १२ उद्यमी थपिएका छन्। दुई हजार पाँच सय ५३ जनाले रोजगार प्राप्त गरेको तथ्यांक छ। उत्पादनमूलक उद्योग ७५ वटा दर्ता भएका छन्। यसमध्ये छ सय ९२ जनाले रोजगार प्राप्त गरेका छन्। एक सय ८९ उद्योग नवीकरण गरिएको उनले बताए।

कृषि तथा वनजन्य उद्योगमा चार सय ३२ दर्ता भएका छन्। यसबाट एक हजार एक सय ६८ जनाले रोजगार प्राप्त गरेका छन्। कृषि तथा वनजन्य दुई सय १८ उद्योग नवीकरण भएका छन्। पर्यटन उद्योगतर्फ ८१ वटा थपिएका छन् भने ७० वटा नवीकरण भएका छन्। त्यस्ता उद्योगबाट चार सय ६५ जनाले रोजगार प्राप्त गरेका छन्। सेवामूलक दुई सय ४० उद्योग नवीकरण भएका छन्। वाणिज्यतर्फ आठ सय २७ फर्म दर्ता भएका छन्।

कोभिड-१९ को प्रभावपछि वृद्धि गरिएको बैंक ब्याज, आर्थिक तरलतालगायत कारण बढीजसो उद्योग तथा वाणिज्य फर्म बन्द भएका हुन्। उद्योग तथा वाणिज्य फर्म बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली रहेका छन्। उद्योगी तथा व्यवसायी विस्थापित भएका छन्। रासस


प्रकाशित : शुक्रबार, साउन १२ २०८००५:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend