आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

रामेछापमा लम्पी स्किन संक्रमणबाट ३८१ चौपाया मरे, २१ हजार संक्रमित

images
शुक्रबार, साउन १२ २०८०
images
रामेछापमा लम्पी स्किन संक्रमणबाट ३८१ चौपाया मरे, २१ हजार संक्रमित

लम्पी स्किन रोकथाम तथा नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप प्रदान गरिरहेका छन्।

images
images

मन्थली- रामेछापमा लम्पी स्किन संक्रमणबाट तीन सय ८१ पशुचौपाया मरेका छन्। यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया संक्रमित भएका छन्।

images
images
images

लम्पी स्किन रोगबाट रामेछाप नगरपालिमा ७५, मन्थली नगरपालिमा ४०, गोकुलगंगा गाउँपालिकामा १५, खाँडादेवी गाउँपालिकामा पाँच, लिखु तामाकोशी गाउँपालिकामा एक सय ५०, सुनापती गाउँपालिकामा ३६ र उमाकुण्ड गाउँपालिकामा ४० गाईगोरु मरेको सम्बन्धित पालिकाको पशु सेवा शाखाले जनाएको छ।

images
images

रामेछाप नगरपालिकामा हालसम्म दुई हजार एक सय ९०, मन्थलीमा चार हजार, लिखु तामाकोशीमा पाँच हजार दुई सय, गोकुलगंगामा चार हजार, खाँडादेवीमा दुई हजार, उमाकुण्डमा दुई हजार र सुनापतीमा एक हजार छ सय ३५ पशुमा लम्पी स्किन संक्रमण फैलिएको पशु प्राविधिक रोहिणी चापागाईँले जानकारी दिए।

images
images

दोरम्बा सैलुंग गाउँपालिकामा भने लम्पी स्किनबाट हालसम्म के कति पशुचौपाया प्रभावित भए भन्नेबारे कुनै तथ्यांक छैन। दोरम्बा सैलुंगका पशु सेवा शाखाका प्रमुख राजेन्द्र ढुंगेलले भने, 'दोरम्बा सैलुंगमा तथ्यांक संकलनको तयारी गर्दैछौँ।'

लम्पी स्किन रोकथाम तथा नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप प्रदान गरिरहेका छन्। निश्चित छुटसहित केही शुल्क लिएर अन्य औषधि वितरण गरिएको स्थानीय पालिकाका पशु सेवा केन्द्रका प्राविधिकले बताएका छन्।

रोगबाट किसानले करोडौँ रुपैयाँको क्षति व्यहोर्नुपरेको गोकुलगंगा गाउँपालिका पशु सेवा शाखाका पशु सेवा प्राविधिक लोकप्रसाद फुँयालले बताए। रोगको संक्रमणका कारण दूध उत्पादनमा ह्रास आएको छ। गोरु मरेका कारण तथा बिरामी पर्दा रोपाइँमा समस्या भएको छ। किसानले आर्थिक व्ययभार व्यहोर्नुपरेको छ। रासस


प्रकाशित : शुक्रबार, साउन १२ २०८००५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend