आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

उपभोक्ताको गुनासो आएपछि बढाइयो दुग्धजन्य उत्पादनमा निगरानी

images
शुक्रबार, साउन १२ २०८०
images
उपभोक्ताको गुनासो आएपछि बढाइयो दुग्धजन्य उत्पादनमा निगरानी

उपभोक्ताले फोन गरेर दुग्धजन्य पदार्थ गुणस्तरहीन भएको भन्दै गुनासो गरेपछि नियमनकारी निकायले निगरानी बढाएका हुन्।

images
images

बलेवा- बागलुङ बजारमा बिक्री वितरण भइरहेको दुग्धजन्य पदार्थको गुणस्तरका विषयमा उपभोक्ताको गुनासो आएपछि नियमनकारी निकायले निगरानी बढाएका छन्।

images
images
images

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बागलुङ नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चलगायतका नियमनकारी निकाय सक्रिय भएका हुन्।

images
images

बिहीबार बिहानै उपभोक्ताले दूध खरिद गर्नुपूर्व अनुगमन टोली दुग्ध उद्योग तथा बिक्री केन्द्रमा पुगेको थियो। दूधबाट बनेका पनिर, बटर, छुर्पी, घिउ र खुला तथा प्याकिङ गरिएको दूधको विषयमा जानकारी लिन अनुगमन गरिएको थियो।

images
images

सदरमुकाममा अधिकांश डेरी पसल रहेको र उद्योग कम रहेकाले मुकाम बाहिरबाट दूध ल्याएर बिक्री हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए। 'उपभोक्ताले मध्यराति फोन गरेर दुग्धजन्य पदार्थको विषयमा गुनासो गर्नुभयो, हामी तत्काल एक्सनमा गयौँ', उनले भने, 'परीक्षणबाट नतिजा आउन बाँकी छ।'

सदरमुकामका एक उद्योग र तीन  बिक्री केन्द्रको अनुगमन गरेको टोलीले दुई ठाउँमा मात्रै दूध तथा दुग्धजन्य पदार्थ फेला पारेको थियो। 'गुणस्तर पत्ता लगाउन नमूना लिएका छौँ', खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सौरभ श्रेष्ठले भने, 'नमूना पोखरा पठाइएको छ, नतिजा आएपछि आवश्यक कारबाही हुन्छ।' रासस


प्रकाशित : शुक्रबार, साउन १२ २०८००५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend