आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

१९ घण्टापछि सञ्चालनमा आयो पहिरोले अवरुद्ध मेची राजमार्ग

images
शुक्रबार, साउन १२ २०८०
images
१९ घण्टापछि सञ्चालनमा आयो पहिरोले अवरुद्ध मेची राजमार्ग

अवरुद्ध सडक खुलेसँगै यात्रा गर्न सहज भएको छ।

images
images

फुङ्लिङ- सुक्खा पहिरो खसेर अवरुद्ध बनेको मेची राजर्मागको ताप्लेजुङ खण्ड पुनः सञ्चालनमा आएको छ। फुङ्लिङ नगरपालिका-८ बैशाखे भिरमा खसेको सुक्खा पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग १९ घण्टापछि खुलेको हो।

images
images
images

ताप्लेजुङको दोखु-नाङ्खोल्याङ सडकखण्डस्थित खोक्से नजिक बैशाखे भिरमा माथिबाट ठुल्ठूला चट्टानसहित खसेको पहिराले सडक अवरुद्ध बनेको थियो। सडक डिभिजन कार्यालय इलामका अनुसार करिब ३० मिटर दुरीभित्र पूरै सडक ढाक्ने गरी खसेको पहिराले बिहीबार दिनभर राजमार्ग अवरुद्ध भएको थियो । 

images
images

पहिरो खसेर राजमार्ग अवरुद्ध बनेपछि बिहान सबेरैदेखि पहिरो हटाउने कार्यमा निरन्तर जुटेसँगै राति ९ बजेसम्ममा अवरुद्ध पन्छाउन सफल भएको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नविन उप्रेतीले जानकारी दिए।

images
images

सडक खुलेसँगै हिजो दिनभर रोकिएका सवारीसाधन आ-आफ्नो गन्तव्यतिर लागेका थिए। ताप्लेजुङ भित्रने सवारीसाधन सदरमुकाम फुङ्लिङतर्फ प्रवेश गरेका छन् भने यहाँबाट बाहिरिने यातायातका साधन गन्तव्यतिर लागेका छन्। रासस


प्रकाशित : शुक्रबार, साउन १२ २०८००५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend