आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

सार्कको प्रभावकारिताका लागि सदस्य राष्ट्रबीच सहकार्य महत्त्वपूर्ण : उपराष्ट्रपति

images
शुक्रबार, साउन १२ २०८०
images
सार्कको प्रभावकारिताका लागि सदस्य राष्ट्रबीच सहकार्य महत्त्वपूर्ण : उपराष्ट्रपति

उनले दुई देशको परराष्ट्र मन्त्रालयबीच स्थापित द्विपक्षीय परामर्श संयन्त्र र अर्थ मन्त्रालयबीच स्थापित संयुक्त आर्थिक सहयोगमार्फत निरन्तर संवाद र सहकार्य गर्न आवश्यक रहेको बताए।  

images
images

काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादवले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को प्रभावकारिताका लागि सदस्य राष्ट्रबीचको सहकार्य महत्त्वपूर्ण रहेको बताएका छन्।

images
images
images

बिहीबार लैनचौरस्थित उपराष्ट्रपति भवनमा भेट गर्न आएका नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हासमीसँगको कुराकानीमा उनले शान्ति, समुन्नति र सदस्य राष्ट्रका आमनागरिकको बृहत् हितका लागि सार्क अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए। 

images
images

उपराष्ट्रपति यादवले भने, 'सार्कमा देखिएको गतिरोधको अन्त्य गर्न अध्यक्षको हैसियतमा नेपालले पहल गरिरहेको छ। यसका लागि सार्कका सबै सदस्य राष्ट्रबीचको सहकार्य महत्त्वपूर्ण छ।' उनले दुई देशको परराष्ट्र मन्त्रालयबीच स्थापित द्विपक्षीय परामर्श संयन्त्र र अर्थ मन्त्रालयबीच स्थापित संयुक्त आर्थिक सहयोगमार्फत निरन्तर संवाद र सहकार्य गर्न आवश्यक रहेको बताए।  

images
images

'हामीले वाणिज्य र आर्थिक क्षेत्रमा थप सहकार्य गर्नु पर्दछ', उनले भने, 'हामी व्यापार, लगानी, पर्यटन, संस्कृति एवं जनस्तरबीच सम्बन्ध विस्तारमा सहकार्य गर्न सक्छौँ।'

उपराष्ट्रपति यादवले नेपालले पाकिस्तानका लगानीकर्तालाई जलविद्युत्, पर्यटन, भौतिक पूर्वाधार र सूचना प्रविधिको क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्दै आएको उल्लेख गरे। उनले जलवायु परिवर्तन र विश्वव्यापी तामक्रम वृद्धिले हिन्दकुश हिमालय क्षेत्रमा प्रतिकूल प्रभाव परेकामा चिन्ता व्यक्त गरे। जलवायु परिवर्तनका कारण सिर्जित प्रतिकूल असर न्यूनीकरण गर्न एकजुट भएर काम गर्नुपर्ने उपराष्ट्रपति यादवले आवश्यकता औँल्याए। 

भेटमा उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबीचको सहकार्यात्मक साझेदारीलाई दुरुस्त बनाउन राजदूतको महत्त्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरे। उनले नेपालमा रहेका प्राकृतिक, पुरातात्विक र सांस्कृतिक सम्पदा धेरै पाकिस्तानी पर्यटकलाई आकर्षित गर्ने खालका भएकाले त्यसको प्रचार-प्रसारमा पाकिस्तान सरकारले सहयोग गर्न सक्ने बनाएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।

सो क्रममा पाकिस्तानी राजदूत हासमीले नेपाल र पाकिस्तानबीच सिधा हवाई सम्पर्क पुनः सञ्चालन हुनसके पर्वतारोही एक-अर्को देशमा सहजरूपमा आउजाउ हुँदा पर्यटन क्षेत्रमा टेवा पुग्ने बताए।  उनले पाकिस्तान सरकारले पाकिस्तान प्राविधिक सहयोग कार्यक्रम (पीटीएपी) अन्तर्गत उपलब्ध गराइरहेको छात्रवृत्तिमा अन्य विषय थप गरेर सङ्ख्या बढाउने तयारी भइरहेको जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, साउन १२ २०८००४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend