आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

सुन लुकाएको आशंकामा रेडी ट्रेडको गोदामबाट बरामद गरिएका अधिकांश कार्टुन खोलिएको फेला

images
बिहीबार , साउन ११ २०८०
images
सुन लुकाएको आशंकामा रेडी ट्रेडको गोदामबाट बरामद गरिएका अधिकांश कार्टुन खोलिएको फेला

विभागले अन्य शंकास्पद क्षेत्रमा पनि छापा मार्ने र संलग्नको आशंका गरिएको व्यक्ति खोजि गरिरहेको जनाइएको छ।

images
images

काठमाडौं- राजस्व अनुसन्धान विभागको टोलीले बुधबार काठमाडौंको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट बरामद गरेको ६६ कार्टुनमध्ये धेरै कार्टुन खोलिएको फेला परेको छ। 
 
विभागले सुन लुकाएको आशंकामा गोदाममा छापा मारेर ती कार्टुन बरामद गरेको थियो। ती कार्टुनहरू साउन ३ गते सिनामङ्गलबाट ‘ब्रेक शु’ भित्र लुकाएर ल्याएको सुनको कार्टुनको आकारका कार्टुनहरू थिए। 'हेर्दा धेरै कार्टुनहरू खोलिएको फेला परेको छ, यद्यपि अन्य विषयमा भने अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको छ', विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए।

images
images
images

यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको झण्डै सय किलो सुन त्यही रेडी ट्रेड प्रालिको नाममा आएको थियो।

images
images

विभागले अन्य शंकास्पद क्षेत्रमा पनि छापा मार्ने र संलग्नको आशंका गरिएको व्यक्ति खोजि गरिरहेको जनाइएको छ। विभागले उक्त सुन प्रकरणमा १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। बरामद गरिएको सुन भने राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ। 

images
images


प्रकाशित : बिहीबार , साउन ११ २०८०१३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend