आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

उपत्यकासहित बागमती प्रदेशभित्र गाडी भाडा घट्याे

images
बिहीबार , साउन ११ २०८०
images
उपत्यकासहित बागमती प्रदेशभित्र गाडी भाडा घट्याे

गत साउन १० गते मन्त्रालयले भाडा समायोजन गर्ने निणर्य गरेको थियो। मुख्यमन्त्री कार्यालयले स्वीकृत गरेपछि आजदेखि लागु हुने गरी भाडा घटेको छ।

images
images

काठमाडौं- काठमाडौं उपत्यकासहित बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडा समायोजन भएको छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको भाडा घटेको हो।

images
images
images

प्रदेशभित्र सञ्चालन हुने लामो दुरीका सवारीसाधनमा २.३० प्रतिशत, मालवाहक सवारीसाधनमा ३.१८ प्रतिशत र सहरी क्षेत्रमा चल्ने सवारीसाधनको भाडा ३.२६ प्रतिशत घटेको हो। बागमती प्रेदश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालय बिहीबार घटेको भाडादर सार्वजनिक गरेको हो।

images
images

गत साउन १० गते मन्त्रालयले भाडा समायोजन गर्ने निणर्य गरेको थियो। मुख्यमन्त्री कार्यालयले स्वीकृत गरेपछि आजदेखि लागु हुने गरी भाडा घटेको छ। नयाँ भाडाअनुसार उपत्यकाभित्र चल्ने छोटो दुरीका सवारीमा १ रुपैयाँ भाडा घट्ने छ। 

images
images

नेपाल आयल निगमले असारमा दुईपटक इन्धन मूल्य घटाइसकेको छ। निगमले असार १८ र ३१ गते इन्धन मूल्य घटाएको थियो। सोहीअनुसार यातायात व्यवस्था विभागले देशभर अन्तर प्रदेश भाडा यसअघि नै समायोजन गरिसकेको छ। 

विभागले यात्रुवाहक सवारीसाधनमा २.१३ प्रतिशत, पहाडमा चल्ने मालवाहकमा २.७८ प्रतिशत र तराईमा चल्ने मालवाहकको ३.०९ प्रतिशतले भाडा घटाएको थियो।

प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्ने अधिकार प्रदेशअन्तर्गतका मन्त्रालयलाई छ। सोहीअनुसार श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा समायोजन गरेको हो।


प्रकाशित : बिहीबार , साउन ११ २०८००८:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend