आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढ्यो

images
बिहीबार , साउन ११ २०८०
images
सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढ्यो

बिहीबारका लागि तोलामा २५ रुपैयाँ बढ्दै चाँदीको मूल्य १४ सय ९० पुगेको छ।

images
images

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ। बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images
images

बुधबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

images
images

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। बिहीबारका लागि तोलामा २५ रुपैयाँ बढ्दै चाँदीको मूल्य १४ सय ९० पुगेको छ।

images
images

बुधबार तोलामा १० रुपैयाँ बढेर चाँदीको मूल्य प्रतितोला १४ सय ६५ रुपैयाँ कायम भएको थियो।


प्रकाशित : बिहीबार , साउन ११ २०८००६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend