आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

images
बिहीबार , साउन ११ २०८०
images
पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

निरन्तर वर्षाका कारण लोकमार्गको विभिन्न ठाउँमा पहिरो जाने र रुख ढल्दा ठाउँ-ठाउँमा सडक अवरुद्ध भइरहेको छ।

images
images

ढोरपाटन- केही दिनदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला-रुकुमकोट खण्ड अवरुद्ध बनेको हो। 

images
images
images

लोकमार्गको निसीखोला गाउँपालिका-४ र ५ को सिमाना धरमशाला तथा कालापैरा-२ को खाडुखोलामा बाढी आउँदा लोकमार्ग अवरुद्ध भएको हो। गए रातीदेखि अवरुद्ध भएको लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको निसीखोला-४ का वडाध्यक्ष टीकानिधी पौडेलले जानकारी दिए। 

images
images

वर्षा हुने बित्तिकै लेदो झर्ने र सडकमा थुप्रिँदा यातायात अवरुद्ध हुने गरेको पौडेलले बताए। सडक अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठामाडौं, पोखरालगायत ठाउँ जाने यातायातका साधान कालापैरामा ठप्प छन्।

images
images

बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा ठूला यातायातका साधान कानाबगरमा रोकिएका अध्यक्ष पौडेलले बताए।  

निरन्तर वर्षाका कारण लोकमार्गको विभिन्न ठाउँमा पहिरो जाने र रुख ढल्दा ठाउँ-ठाउँमा सडक अवरुद्ध भइरहेको छ।

खाडु र कालापैरामा माथिदेखि भलसहितको ठूलो बाढी आँदा लोकमार्ग पूरै ढाकिएको छ। गाडी ठप्प छन्। वर्षाका कारण निसीखोलाका सबै ग्रामीण सडक अवरुद्ध छन्। ग्रामीण सडकदेखि झरेको पहिराले मुख्य सडकको धेरै ठाउँमा क्षति पुर्‍याएको छ। रासस


प्रकाशित : बिहीबार , साउन ११ २०८००५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend