मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

लिफ सार्वजनिक गरेको १२ वर्षपछि निसानले बिक्री गर्‍यो १० लाख विद्युतीय कार

नेपालमा पनि उपलब्ध छ निसान लिफ ईभी

बिहीबार , साउन ११ २०८०
लिफ सार्वजनिक गरेको १२ वर्षपछि निसानले बिक्री गर्‍यो १० लाख विद्युतीय कार

विद्युतीय कार बिक्रीको त्यति लामो इतिहास भएको निसान ठूलो संख्यामा उपभोक्ता विद्युतीयतर्फ आकर्षित त्यसलाई क्यास गर्न भने सफल हुन सकेन। 

काठमाडौं- विद्युतीय कार उत्पादन तथा बिक्रीमा जापानी कार उत्पादक कम्पनी निसान अग्रणी स्थानमा आउँछ। निसानले आफ्नो पहिलो विद्युतीय कार निसान लिफ २०१० मा सार्वजनिक गरेको बिक्री सुरु गरेको थियो। तर निसानपछि विद्युतीय कार बजारमा ल्याएका कयौँ कम्पनीहरूले दशौँलाख विद्युतीय कार विश्व बजारमा बिक्री गरिसकेका छन्।

निसानले २०१० डिसेक्बर अर्थात आजभन्दा १२ वर्षअघि विद्युतीय कार सार्वजनिक गरेको थियो। आइकोनिक विद्युतीय कार निसान लिफ उक्त समयको उत्कृष्ट विद्युतीय कार थियो। त्यतिबेला अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला इंकले समेत बिक्रीका लागि विद्युतीय कार उपलब्ध गराइसकेको थिएन। 

निसानले मंगलबार आफ्नो विश्वव्यापी विद्युतीय कार बिक्री १० लाख पूरा भएको जनाएको हो। १० लाख कार विद्युतीय कार बिक्री गरेकोमा ६ लाख ५० हजारभन्दा बढी लिफकै हिस्सा रहेको छ। १२ वर्षअघि सार्वजनिक भएको लिफ धेरै वर्षसम्म सर्वाधिक बिक्री हुने विद्युतीय कार बन्न सफल भएको थियो। 

विद्युतीय कार बिक्रीको दशक लामो यात्रामा कयौं परिवर्तन आएर विद्युतीय कार उद्योगले निक्कै ठूलो कोल्टे फेरिसकेका छ। लगभग सबैजसो पूराना टाइकुन कार उत्पादकहरूले विद्युतीय कार ल्याइसकेको वा ल्याउने तयारीमा छन्। त्यस्तै कयौं कार उत्पादकहरू दोस्रो वा तेस्रो पुस्ताको विद्युतीय कारको तयारीमा जुटिसकेका छन्। 

२०२१ को सुरुवातमा टेस्लाको मोडल थ्री सर्वाधिक बिक्री हुने कार बन्नुपूर्व निसान लिफ धेरै रेन्ज दिने र उत्कृष्ट इन्टेरियरसहितको उपयुक्त विद्युतीय कार थियो। टेस्लाको मोडल थ्री विद्युतीय कार २०१७ को अन्त्यतिर सार्वजनिक भएको र सर्वाधिक बिक्री हुने कार बन्नअघि २०१८ र ०१९ मा पनि लिफ नै उक्त पोजिसनमा थियो। तर २०२० को सुरुवातमै लिफलाई उछिनेर टेस्ला मोडल थ्री सर्वाधिक बिक्री हुने कार बनेको थियो। 

त्यसयता निसान लिफको बिक्री क्रमिक रुपमा घट्दै गयो। तर निसानले कम्प्याक्ट विद्युतीय कार लिफमा कुनै परिवर्तन गरेन। बरु निसानले २०२४ मोडलको लिफ ल्याउने घोषणा गरेको छ। अहिले पनि निसान लिफमा केही वर्ष पहिले नै विस्थापित भइसकेको चाडेमो चार्जिङ प्रविधिमै नयाँ फिल ल्याउँदै छ। 

अहिले चाडेमो चार्जिङ प्रविधि सीमित कम्पनीहरूले उत्पादन गर्ने विद्युतीय कारमा प्रयोग भइरहेको छ। नेपालमा आएको निसान लिफ र पुराना कियाको सोल ईभीमा मात्र चाडेमो चार्जिङ प्रविधि प्रयोग भएको छ। 

विद्युतीय कार बिक्रीको त्यति लामो इतिहास भएको निसान ठूलो संख्यामा उपभोक्ता विद्युतीयतर्फ आकर्षित त्यसलाई क्यास गर्न भने सफल हुन सकेन। 

लिफ सार्वजनिक भएको करिब १ दशकपछिमात्र निसानले दोस्रो विद्युतीय एसयूभी एरिया सार्वजनिक गरेको थियो। २०२१ मा बिक्रीका लागि बजारमा ल्याएको एरिया अमेरिकी बजारमा पुग्न २०२२ को उत्तरार्द कुर्नु परेको थियो। 

निसानले नयाँ विद्युतीय कार मोडल सार्वजनिक गर्न ठूलो लगानी गर्ने घोषणा गरिसकेको छ। २०३० सम्म पुग्दा १९ विद्युतीय कार बजारमा ल्याउने दाबी निसानले गरेको छ। २०२८ भित्रै सोलिड स्टेट ब्याट्रीमा आधारित विद्युतीय कार बजारमा ल्याउने योजना निसानको छ। 

निसानको लिफ विद्युतीय कार नेपाली बजारमा निसानको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले उपलब्ध गराएको छ। क्रसओभर सेगमेन्टको यो विद्युतीय कारले एक पटकको फुल चार्जमा ३ सय ११ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। निसान लिफलको सुरुवाती मूल्य ६४ लाख ९९ हजार रुपैयाँ रहेको छ। 


प्रकाशित : बिहीबार , साउन ११ २०८०१३:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend