आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

टोखा नगरपालिकाले पनि हटाउन थाल्यो सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन ११ २०८०
images
टोखा नगरपालिकाले पनि हटाउन थाल्यो सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना 

काठमाडौं महानगरका प्रमुख बालेन शाहले महानगरभित्रका अवैध संरचना हटाउने काम अभियानकै रुपमा अगाडि बढाइरहँदा देशभरका स्थानीय तहहरूले पनि अवैध संरचनामाथि डोजर चलाइरहेका छन्। 

images
images

काठमाडौं- काठमाडौंको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ। नगरभित्रको सार्वजनिक जग्गा अवैधरुपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो।

images
images
images

नगरप्रमुख प्रकाश अधिकारीका अनुसार टोखा-८ दुप्चेश्वर टोलको विभिन्न ठाउँमा बनाइएका संरचना हटाइएको छ। लामो समयदेखि नगरपालिकाभित्रको सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गर्दै आएपछि बाध्य भएर हटाउन थालेको उनले बताए।

images
images

'संरचना भत्काउन पटक पटक सूचना जारी तथा प्रत्यक्ष भेटेर अनुरोध गरे पनि खाली नगरेपछि हटाएका हौँ', नगरप्रमुख अधिकारीले भने। नगरभित्रका सम्पूर्ण सार्वजनिक जग्गा नगरपालिकाको संरक्षणमा हुनुपर्ने र कुनै व्यक्तिले पनि उपभोग गर्न नमिल्ने उनको भनाइ छ।  

images
images

काठमाडौं महानगरका प्रमुख बालेन शाहले महानगरभित्रका अवैध संरचना हटाउने काम अभियानकै रुपमा अगाडि बढाइरहँदा देशभरका स्थानीय तहहरूले पनि अवैध संरचनामाथि डोजर चलाइरहेका छन्। 


प्रकाशित : बिहीबार , साउन ११ २०८००३:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend