आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

विश्वव्यापी मुद्रास्फीतिमा असर पर्ने भन्दै चामल निर्यातको प्रतिबन्ध हटाउन भारतलाई आईएमएफको आग्रह

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन १० २०८०
images
विश्वव्यापी मुद्रास्फीतिमा असर पर्ने भन्दै चामल निर्यातको प्रतिबन्ध हटाउन भारतलाई आईएमएफको आग्रह

पछिल्लो समय भारतले चामल निर्यातलाई निरुत्साहित गरिरहेको थियो। भारतले २० प्रतिशत निर्यात कर लगाएको थियो। भारतीय बजारमा पछिल्लो समय चामलको मूल्यमा ११ प्रतिशतभन्दा बढीले बढेको छ।

images
images

काठमाडौं- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतलाई चामल निर्यातमा लगाइएको रोक हटाउन आग्रह गरेको छ। आईएमएफले चामलको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन प्रोत्साहित गरेको र यसले विश्वव्यापी मुद्रास्फीतिमा असर पार्ने बताएको हो।

images
images
images

भारत सरकारले यही जुलाई २० मा गैरबासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो। आन्तरिक बजारमा चामलको मूल्यमा वृद्धि भएपछि भारतीय सरकारले चामलको निर्यातमा रोक लगाउने निर्णय गरेको हो। 

images
images

अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख अर्थशास्त्री तथा अनुसन्धान विभागका निर्देशक पियर ओलिभर गौरिनचासले मंगलबार ‘वर्ल्ड इकोनोमिक आउटलुक’ सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा भने, 'यस्ता प्रतिबन्धले बाँकी विश्वमा खाद्यान्नको मूल्यमा उतारचढाव बढाउने र प्रतिशोधात्मक कदम चाल्ने सम्भावना रहन्छ, जुन विश्वव्यापी रूपमा हानिकारक हुन सक्छ।'

images
images

आईएमएफले यस वर्ष भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ६.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ, जुन क्षेत्रीय औसत ५.३ प्रतिशतभन्दा निकै बढी हो। 

'सन् २०२२ को निकै बलियो प्रदर्शनपछि यो सन्तुलित छ। तर हामीसँग सन् २०२३ का लागि ०.२ प्रतिशत बिन्दुको उल्टो पुनरावलोकन छ र यो वास्तवमा सरकारी तथा निजी लगानीको साथ सन् २०२४ को लागि धेरै बलियो अन्त्यको दस्तक-प्रभाव हो', आईएमएफ अनुसन्धान विभागका विभाग प्रमुख डेनियल लेहलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन्। 

पछिल्लो समय भारतले चामल निर्यातलाई निरुत्साहित गरिरहेको थियो। भारतले २० प्रतिशत निर्यात कर लगाएको थियो। भारतीय बजारमा पछिल्लो समय चामलको मूल्यमा ११ प्रतिशतभन्दा बढीले बढेको छ। पछिल्लो दुई वर्षमा कयौं उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा पनि मत्थर रहेको चामल पछिल्लो समय उकालो लागेको थियो। 

नेपालमा भारतबाट चामल आयात हुँदै आएको छ। भारतले प्रतिबन्ध लगाए पनि आयातको अनुमति नभएमा आन्तरिक बजारमा मूल्यवृद्धि तथा अभाव हुनसक्ने जोखिम रहेको छ। 


प्रकाशित : बुधबार, साउन १० २०८०१३:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend