आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

११५ वर्ष पुरानो ग्यालरी बैठक भवन मंसिरदेखि प्रवलीकरण गरिने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन १० २०८०
images
११५ वर्ष पुरानो ग्यालरी बैठक भवन मंसिरदेखि प्रवलीकरण गरिने

ग्यालरी बैठक निर्माण योजना तयार गर्ने, बजेट व्यवस्थापन र कार्यक्रम कार्यान्वयनको सम्पूर्ण जिम्मा सहरी विकास मन्त्रालयको कार्यक्षेत्रभित्र पर्छ।

images
images

काठमाडौं- सिंहदरबारस्थित राणाकालीन समयमा बनेको झन्डै १ सय १५ वर्ष पुरानो ग्यालरी बैठक (पुरानो संसद्) भवनको प्रवलीकरण आगामी मङ्सिरदेखि सुरु गर्ने तयारी गरिरहेको भन्दै सरकारले संसदीय समितिलाई जानकारी गराएको छ।

images
images
images

राणा प्रधानमन्त्री चन्द्रशम्शेरले वि.सं. १९६५ सालमा सिंहदरबार बनाउँदा ग्यालरी बैठक भवन पनि बनाएको बताइन्छ। बिस २००४ सालदेखि भारदारीसभा बैठक सुरु भएको र प्रजातन्त्रपछि नेपालको पहिलो संसद भवनको रुपमा रहेको उक्त भवन भूकम्प गएको ८ वर्षपछि प्रवलीकरण हुने भएको हो।

images
images

राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिलाई मन्त्रालयका पदाधिकारीले ऐतिहासिक राजनीतिक र नेपाली वास्तुकलाको महत्व बोकेको भवनलाई पुरानै शैलीमा प्रवलीकरण गरिने बताए।

images
images

समितिको आजको बैठकमा सहरी विकासमन्त्री सीता गुरुङले मुलुकको संसदीय इतिहासको साक्षीकारुपमा रहेको भवन र त्यहाँको वास्तुकलामा कुनै क्षति नपुर्‍याइ पुरानो शैली जस्ताको त्यस्तै ढाँचामा निर्माणका लागि कोसिस गरिने स्पष्ट पारे।

उनले भने, 'नेपालको संसदीय इतिहास र भवनबारे भावी पुस्ताले हेर्न तथा जान्न सकुन भन्ने उद्देश्यले ग्यालरी बैठक भवनलाई संसदीय सङ्ग्रहालयकारुपमा विकास गर्न पुरानै ढाँचामा प्रवलीकरणको कार्ययोजना अघि बढाइएको छ।'

ग्यालरी बैठक निर्माण योजना तयार गर्ने, बजेट व्यवस्थापन र कार्यक्रम कार्यान्वयनको सम्पूर्ण जिम्मा सहरी विकास मन्त्रालयको कार्यक्षेत्रभित्र पर्छ। पुरातात्विक प्रतिवेदनअनुसार ग्यालरी बैठक भवन एक सयवर्षभन्दा पुरानो भएको तथा माटोद्वारा निर्माण गरिएकाले प्रवलीकरण महङ्गो हुनसक्ने अनुमान गरिएको छ।

उक्त भवन निर्माणका सन्दर्भमा परामर्शदाता नियुक्त भई डिजाइन कार्यअघि बढिसकेको र यही महिनाको अन्त्यसम्ममा प्रतिवेदन प्राप्त भएपछि निर्माणका लागि बोलपत्र आह्वान हुने भवन सहरी विकास तथा भवन विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले जानकारी दिए। 

उनले भने, 'एक सय वर्षको इतिहासको प्राविधिक र महत्व बोकेको भवन जस्ताको त्यस्तै राख्न कोसिस गरिरहेका छौँ। प्रतिवेदन तयार भएपछि बोलपत्र आह्वान गर्छाै, स्रोत सुनिश्चिता गरी भित्रको डिजाइन र कलाकृतिलाई जस्ताको त्यस्तै राख्ने कोसिस हुनेछ।' चालु आर्थिक वर्षमा उक्त भवन सवलीकरणका लागि १५ करोड बजेट विनियोजन भएको छ। उक्त भवन बहुवर्षीय योजनाको आधारम निर्माण अघि बढाइने जानकारी दिइयो। 

विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त बनेको उक्त भवन भत्काएर नयाँ बनाउने कि सवलीकरण गर्ने भन्ने सन्दर्भमा लामो बहस र छलफल भएको थियो। पछिल्ला केही वर्ष भवनको छानोबाट पानी चुहिएर भत्कने सम्भावना बढदै गएपछि प्लास्टिकले छोपेर राखिएको थियो। हाल उक्त भवन संसद् सचिवालयका बिग्रेका, भाँचिएका र तोडफोड भएका सामग्री थन्क्याउने थलोका रुपमा प्रयोग भइरहेको छ। 

विसं २०१६ बाट प्रारम्भ भएको नेपालको संसदीय इतिहास त्यहीँ भवनबाट सुरु भएको हो। यसअघि बैठकमा सदस्यले नेपालीपन, वास्तुकला र चित्रकलाको विशिष्ट ओज बोकेको ग्यालरी बैठकको इतिहास मेटन नदिन गरिएको प्रयासले सार्थकता पाउन लागेको भनी महानिर्देशक श्रेष्ठले खुसी व्यक्त गरे। 

समितिका सभापति मायाप्रसाद शर्माले भने, 'भवन प्रवलीकरण हुने भएपछि हामीलाई निकै खुसी लागेको छ।'

सदस्य तुलसाकुमारी दाहाल र गरिमा शाहले भवन निर्माणमा नेपालीपन र परम्परागत शैली झल्कनुपर्नेमा जोड दिए। सदस्य गोमा तिमिल्सिनाले भनिन्, 'पुराना सरचना मुलुकको धरोहर हुन्, सकेसम्म त्यो शैली जोगाउनुपर्छ। प्रवलीकरण गरिएपछि यो समितिको पहिलो बैठक त्यही बस्नुपर्छ।' 

मुलुकको संसदीय इतिहासमा लामो समयसम्म प्रतिनिधिसभाको बैठक त्यही भवनमा बस्ने गरेकोमा संविधासभाको निर्वाचनपछि सदस्यको सङ्ख्या ६०१ भएसँगै नयाँ बानेश्वरको सम्मेलन केन्द्रमा संसद् सरेको हो। 


प्रकाशित : बुधबार, साउन १० २०८०१०:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend