आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

एआई चिप बनाउन नयाँ प्लान्टमा २.९ अर्ब डलर लगानी गर्दै टीएसएमसी 

images
बुधबार, साउन १० २०८०
images
एआई चिप बनाउन नयाँ प्लान्टमा २.९ अर्ब डलर लगानी गर्दै टीएसएमसी 

एआई आधारित उत्पादनमा प्रयोग हुने चिपको माग तीब्र रुपमा बढेकाले त्यसलाई सम्बोधन र्न नयाँ कम्पनी स्थापना गर्न लागेको टीएसएमसीले जनाएको छ। 

images
images

काठमाडौं- विश्वको सबैभन्दा ठूलो सेमिकन्डक्टर/चिप उत्पादक कम्पनी ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी)ले उत्पादन विस्तार गर्ने भएको छ। कम्पनीले चिपको माग उच्च भएको भन्दै ठूलो लगानी गर्ने घोषणा गरेको हो। 

images
images
images

टीएसएमसीले ताइवानमै नयाँ प्लान्ट स्थापना गर्न ९० अर्ब न्यु ताइवान डलर (२ अर्ब ९० करोड अमेरिकी) डलर लगानी गर्ने बताएको हो। नयाँ प्लान्टबाट अत्याधुनिक प्रकृतिको चिप उत्पादन हुनेछ। एआई आधारित उत्पादनमा प्रयोग हुने चिपको माग तीब्र रुपमा बढेकाले त्यसलाई सम्बोधन र्न नयाँ कम्पनी स्थापना गर्न लागेको टीएसएमसीले जनाएको छ। 

images
images

गत साता टीएसएमसीका सीईओ सीसी वीले एडभान्स प्याकेजिङको उत्पादन २०२३ को तुलनामा २०२४ मा दोबर बनाउने लक्ष्य कम्पनीले लिएको बताएका थिए। टीएसएमसीमा एभीडीए, एएमडीलगायत कम्पनीबाट एआई चिप्सको उच्च माग रहेको छ। 

images
images

सेमिकन्डक्टर उद्योगमा एडभान्स्ड प्याकेजिङ अन्तर्गत उच्च प्रविधिको प्रयोग गरेर शक्तिशाली कम्प्युटर चिप बनाइन्छ। पछिल्लो समय यस्तै प्रकृतिका चिपको माग बढ्न थालेको छ। 

टीएसएमसीको उक्त लगानीले १ हजार ५ सय नयाँ रोजगारी सृजना गर्ने छ। बजारको माग धान्नका लागि टीएसएमसीले ट्रोङलो साइन्स पार्कमा नयाँ कम्पनी स्थापना गर्न लागेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको सीएनएनले लेखेको छ। सो साइन्स पार्क ताइपेइ नजिकै रहेको छ। 

यता टीएसएमसीको दोस्रो त्रैमासको नाफ भने २३ प्रतिशतले घटेको छ। कम्पनीले बुधबार सार्वजनिक गरेको रिपोर्टअनुसार अघिल्लो वर्षको तुलनामा दोस्रो त्रैमासको नाफा २३ प्रतिशतले घटेको हो। विश्वव्यापी आर्थिक सुस्तताका कारण समग्रमा चिपको माग घटेकाले नाफा पनि ओरालो लागेको कम्पनीको भनाइ छ। 

पछिल्लो समय विभिन्न कम्पनीहरुले एआई सार्वजनिक गरिरहेका छन्। आर्थिफिसियल इन्टेलिजेन्स (एआई)ले तत्काल प्रयोगकर्ताका लागि टेक्स्ट तथा फोटोलगायत सुविधा उपलब्ध गराउँछ। त्यसैले यस्ता एआई उपकरणमा प्रयोग हुने चिप निक्कै एडभान्स हुन्छ। यस्तो एसभान्स चिप बनाउने कम्पनीको सूचीमा टीएसएमसी नै पहिलो स्थानमा पर्छ र धेरैको रोजाइमा पनि छ। 

हाल ज्याट जीपीटी, गुगल बर्ड, डलईलगायत एआईहरु उपलब्ध छन्। टीएसएमसीले विश्वका चर्चित प्रविधि कम्पनीहरु एप्पल, क्युलकमलगायतलाई समेत सेमिकन्डक्टर उपलब्ध गराउँदै आएको छ।   


प्रकाशित : बुधबार, साउन १० २०८०१२:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend