आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

नापतौलमा अनियमितता गर्ने व्यावसायिक प्रतिष्ठान कारबाहीमा

images
बुधबार, साउन १० २०८०
images
नापतौलमा अनियमितता गर्ने व्यावसायिक प्रतिष्ठान कारबाहीमा

सो कार्यालयले उक्त अवधिमा एक हजार तीन सय २४ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको नापतौल यन्त्रको जाँच  र नवीकरण गरेको थियो।

images
images

वीरगञ्ज- तोकिएको समयमा नापतौल यन्त्रको  नवीकरण नगराउने    तौलमा ठगी गर्ने एक हजार चार सय ३६ औद्योगिक  तथा व्यावसायिक प्रतिष्ठानलाई जरिवानासहित कारबाही गरिएको वीरगन्जस्थित गुणस्तर तथा  नापतौल कार्यालयले जनाएको छ। 

images
images
images

उक्त कारबाहीमा ठूला आद्यौगिक र व्यावसायिक प्रतिष्ठानदेखि साना  व्यवसायीसमेत परेका  छन्। वारा, पर्सा,  रौतहट, मकवानपुर तथा चितवन  कार्यक्षेत्र रहेको सो कार्यालयले  आव २०७९/८० मा गरेको विशेष अनुगमन तथा  नियमित  नापतौल जाँचको क्रममा  अनियमितता गर्ने ब्यावसायिक संस्था तथा व्यक्तिलाई  कारबाही गरेको निमित्त कार्यालय प्रमुख सञ्जीवकुमार ठाकुरले जानकारी दिए।  

images
images

सो कार्यालयले उक्त अवधिमा एक हजार तीन सय २४ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको नापतौल यन्त्रको जाँच  र नवीकरण गरेको थियो।

images
images

 कार्यालयबाट प्राप्त विवरणअनुसार गत आर्थिक वर्षमा पाँच सय ६५ नयाँ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानलाई  नापतौल यन्त्रको इजाजतपत्र दिइएको थियो। सो कार्यालयमा  तीन हजार तीन सय २५ जना व्यवसायीले नापतौलसम्बन्धी इजाजतपत्र लिएर कार्य गरिरहेको उनले  बताए। 

गत आर्थिक वर्षमा नौ सय दुई पम्पको नोजल जाँच, चार सय  ३५ भेहिकलको ट्याङ्क जाँच गरिएको, नापतौलसम्बन्धी उपभोक्ता हकहित संरक्षणका लागि  एकल अनुगमन ३२ पटक तथा  संयुक्त अनुगमन २८ पटक गर्नाका साथै १९ व्यावसायिक प्रतिष्ठान बिरुद्ध  अभियोगपत्र दायर गरिएको जनाइएको थियो।साथै कार्यालयले सो अवधिमा विभिन्न शीर्षकबाट एक करोड ४० लाख २३ हजार दुई सय ६८ राजस्वसमेत सङ्कलन गरेको थियो। रासस


प्रकाशित : बुधबार, साउन १० २०८००८:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend