आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

सूर्यविनायकमा ‘शिव सर्किट’ निर्माण

images
बुधबार, साउन १० २०८०
images
सूर्यविनायकमा ‘शिव सर्किट’ निर्माण

अनन्तलिङ्गेश्वर र सूर्यविनायक नगरपालिकालाई मिलाएर बनेको साविक बालकोट, सिरुटार, दधिकोट, गुण्डु, कटुञ्जे, सिपाडोल, नंखेल र चित्तपोल गाविस अन्तर्गत पर्ने सूर्यविनायक नगरपालिकाको करिब १४ किलोमिटरको दूरीमा रहेका प्रसिद्ध १३ शिव मन्दिरमा पुग्न एउटै सडक प्रयोग गर्नेगरी शिव सर्किट निर्माण गरिएको हो। 

images
images

भक्तपुर- धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले सूर्यविनायक नगरपालिकाले ‘शिव सर्किट’ निर्माण गरेको छ। ‘धार्मिक पर्यटन र प्राकृतिक सौन्दर्यता, समृद्ध सूर्यविनायक नगरपालिका’ भन्ने नाराका साथ नगरपालिकाले शिव सर्किट निर्माण गरेको हो। 

images
images
images

नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिकाको १ देखि १० वडासम्म रहेका प्रसिद्ध शिव मन्दिरलाई एउटै मार्गबाट जोडेर सवारीसाधन र पैदल दुबै मार्गबाट जान सकिने गरी मार्ग निर्माण गरेको बताए। 

images
images

‘आन्तरिक तथा बाह्य पर्यटकको प्रर्वद्धनमा टेवा पु¥याउने, स्थानीय धार्मिक सम्पदाको संरक्षण एवं विकास गर्ने र सूर्यविनायक नगरपालिकाभित्र रहेका ग्रामीण क्षेत्रको विकासमा टेवा पु¥याउने मुख्य उद्देश्यले हामीले शिव सर्किट निर्माण गरेका हौ, मेरो यसअघिको कार्यकालमै सुरु भएको यो अभियानले अहिले सार्थकता पाएको छ, अब छिट्टै जनप्रतिनिधिको टोलीले यो मार्गको संयुक्त अवलोकन गरेर शुभारम्भ गर्ने तयारीमा छौँ’ नगर प्रमुख थापाले भने। 

images
images

अनन्तलिङ्गेश्वर र सूर्यविनायक नगरपालिकालाई मिलाएर बनेको साविक बालकोट, सिरुटार, दधिकोट, गुण्डु, कटुञ्जे, सिपाडोल, नंखेल र चित्तपोल गाविस अन्तर्गत पर्ने सूर्यविनायक नगरपालिकाको करिब १४ किलोमिटरको दूरीमा रहेका प्रसिद्ध १३ शिव मन्दिरमा पुग्न एउटै सडक प्रयोग गर्नेगरी शिव सर्किट निर्माण गरिएको हो। 

नगरपालिकाका उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले शिवसर्किट सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिइन्। नगरपालिकाले १ देखि १० वडासम्म रहेका प्रसिद्ध शिवमन्दिरको विकास तथा व्यवस्थापन समितिका अध्यक्ष एवं पदाधिकारी, वडाअध्यक्ष र सरोकारवालासँग शिव सर्किट सञ्चालन गर्नेबारेमा छलफल सकेको उनले बताइन्। 

सूर्यविनायक नपाको वडा नं ९ र १० को सिमानामा रु एक करोड १६ लाखको लागतमा निर्माण सम्पन्न गरी हाल नगरपालिकाले सञ्चालनमा ल्याएको दुई सय ४४ मिटर लामो झोलुङ्गे पुलले पनि शिव सर्किटलाई जोड्ने भएको छ। रासस


प्रकाशित : बुधबार, साउन १० २०८००८:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend