आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

चिनियाँ निर्भरता हटाउन चिप उत्पादनमा केन्द्रित अमेरिका, ६७ हजार दक्ष कामदारको अभाव हुने

images
बिहीबार , साउन ११ २०८०
images
चिनियाँ निर्भरता हटाउन चिप उत्पादनमा केन्द्रित अमेरिका, ६७ हजार दक्ष कामदारको अभाव हुने

यो दशको अन्त्य अर्थात २०३० सम्म पुग्दा अमेरिकामा चिप सम्बन्धि काम गर्ने कामदारको संख्या ४ लाख ६० हजार पुग्ने अनुमान गरिएको छ। 

images
images

काठमाडौं- विद्युतीय उपकरणदेखि अटोमोबाइललगायतमा प्रयोग हुने चिप वा सेमिकन्डक्टरले विश्व भूराजनीतिमा बेला बेला हलचल ल्याउने गरेको छ। कोरोना महामारीपछि सेमिकन्डक्टरको चरम अभाव भयो। महामारीको समयमा सप्लाइ चेन ब्रेक हुँदा यस्तो अवस्था आएको थियो।

images
images
images

चीन र अमेरिकाबीच चिपका बारेमा त्यसअघि पनि समय समयमा मतभेद हुँदै आएको थियो। कोरोनापछि अमेरिकासहित संसारका ठूला तथा शक्तिशाली देशहरूले चिपमा चीन/ताइवानको निर्भरता घटाउन ठूलो लगानीको घोषणा गरेका छन्। 

images
images

अमेरिकाले चिनियाँ चिप प्रयोग घटाउँदै चीनमाथिको निर्भरता अन्त्यगर्ने महत्वकांक्षी लक्ष्य नै घोषणा गरेको छ। त्यसैले अमेरिकाले चिप उत्पादनमा ठूलो लगानी गरिरहेको छ र गर्दै जानेछ। 

images
images

त्यसैले २०३० सम्ममा अमेरिकामा चिप उद्योगमा काम गर्ने ६७ हजारभन्दा बढी दक्ष कामदारको अभाव हुने प्रक्षेपण अहिले नै गरिएको छ। रोयटर्सका अनुसार उत्त, तथ्यांक चिप उद्योग सम्बन्धि संस्थाले गरेको अध्ययनमा अधारित हो। यो दशको अन्त्य अर्थात २०३० सम्म पुग्दा अमेरिकामा चिप सम्बन्धि काम गर्ने कामदारको संख्या ४ लाख ६० हजार पुग्ने अनुमान गरिएको छ। 

२०२३ मा अमेरिकामा चिप सम्बन्धि उद्योगमा काम गर्ने कामदारको संख्या ३ लाख ४५ हजार हाराहारी हुनेछन्। यो तथ्यांक हाल अमेरिकी विश्वविद्यालयहरूमा अध्ययनरत विषयगत विद्यार्थीहरूको संख्यामा आधारित रहेर अनुमान गरिएको हो। 

अमेरिकी विश्वविद्यालयहरूले अहिलेकै जति संख्यामा विद्यार्थी पढाएर चिप उद्योगमा माग हुने दक्ष कामदार पूरा गर्न नसक्ने अध्ययनहरूले देखाएका छन्। यो तथ्यांक सेमिकन्टक्टर इन्डस्ट्री एसोसिएसन (एसआईए) र अक्फोर्ड इकोनामिक्सले गरेको अध्ययनका आधार लिइएको हो। 

उक्त अध्ययनले अमेरिकाले आन्तरिक रुपमा चिप उत्पादनलाई उल्लेख रुपमा विस्तार गरिरहेको र आगामी दिनमा यसलाई अझ बढाउने देखाएको छ। अमेरिकी राष्ट्रपति बाइडेन प्रशासनले अगस्ट ९ मा चिप उद्योगलाई बढाउन र अनुसन्धान तथा विकासमा सहयोग गर्ने सम्बन्धि कानून ‘द चिप एक्स’ पारित गरिसकेको छ। 

उक्त एक्ट अन्तर्गत अमेरिकाले चिप उत्पादन बढाउन ३९ अर्ब अमेरिकी डलर सहुलियत दिनेछ। सो एक्स अन्तर्गत सहुलियत पाउनका लागि इन्टेल कर्प, ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी र सामसङ इलेक्ट्रोनिक्सले आवेदन दिने बताएका छन्। सो कानूनले लगानीकर्तालाई नयाँ चिप प्लान्टलाई २५ प्रतिशत लगानी कर क्रेडिट दिने उल्लेख छ। यसका लागि उक्त एक्समा २४ अर्ब डलर सुनिश्चित गरेको छ। 

नयाँ स्थापना हुने चिप उद्योगले ठूलै संख्यामा रोजगारीप सृजना गर्ने एसआईएले जनाएको छ। नयाँ उद्योगले कम्प्युटर साइन्टिस्ट, इन्जिनियर र प्राविधिकहरूको माग बढ्ने छ। भविष्यमा चिप उद्योगमा काम गर्ने आधाभन्दा बढी इन्जिनियरहरू नै हुने अनुमानसमेत एसआईएले गरेको छ। 


प्रकाशित : बिहीबार , साउन ११ २०८००८:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend