आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

काँकडभिट्टा नाकाबाट ६ अर्ब २९ करोडको तरकारी र फलफूल आयात

images
मंगलबार, साउन ९ २०८०
images
काँकडभिट्टा नाकाबाट ६ अर्ब २९ करोडको तरकारी र फलफूल आयात

भारतबाट आयात हुने प्रमुख फलफूलमा स्याउ, भूइँकटहर, सुन्तला, ड्रागन फ्रुट र काँचो नरिवल रहेका छन्। प्याज, गोलभेँडा र करेला भारतबाट आयात हुने प्रमुख तरकारी हुन्।

images
images

झापा- पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा छ अर्ब २९ करोड ९१ लाख ४९ हजार रूपैयाँ बराबरको तरकारी र फलफूल आयात भएको छ। काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा पूर्वी नाकबाट तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार रूपैयाँ मूल्य बराबरको ताजा तरकारी दुई अर्ब ९४ करोड ८१ लाख ६८ हजार रूपैयाँ मूल्य बराबरको फलफूल आयात भएको हो।

images
images
images

स्वदेशमा उत्पादन भइरहेको र अझ बढी उत्पादनको सम्भावना रहेको तरकारी र फलफूल नै भारतबाट आयात भएको पाइएको छ। कार्यालयको तथ्यांकअनुसार आव २०७९/८० मा पूर्वी नाका हुँदै ८० करोड ९९ लाख ८४ हजार रूपैयाँ मूल्य बराबरको २५ हजार तीन सय १२ मेट्रिकटन प्याज, ६० करोड ८१ लाख ६० हजार रूपैयाँ मूल्य बराबरको ३८ हजार १० मेट्रिक टन गोलभेँडा र ३१ करोड ९८ लाख आठ हजार रूपैयाँ मूल्य बराबरको १९ हजार ९८८ मेट्रिकटन करेला भारतबाट आयात भएको छ।

images
images

प्याज, गोलभेँडा र करेला भारतबाट आयात हुने प्रमुख तरकारी हुन्। यसैगरी, सोही अवधिमा काँकडभिट्टाबाट ६८ करोड ५८ लाख रूपैयाँ मूल्य बराबरको छ सय ७१ मेट्रिकटन स्याउ र ६२ करोड १२ लाख ४० हजार रूपैयाँ मूल्य बराबरको १५ हजार पाँच सय ३१ मेट्रिकटन भूइँकटहर नेपालले आयात गरेको छ।

images
images

भारतबाट आयात हुने प्रमुख फलफूलमा स्याउ, भूइँकटहर, सुन्तला, ड्रागन फ्रुट र काँचो नरिवल रहेका छन्। कार्यालयका सूचना अधिकारी ठाकुरका अनुसार विगत एक वर्षमा भारतबाट ३७ करोड चार लाख ६४ हजार रूपैयाँ मूल्य बराबरको सात हजार सात सय १८ मेट्रिकटन सुन्तला र १९ करोड ५६ लाख २४ हजार रूपैयाँ मूल्य बराबरको पाँच सय ५२ मेट्रिक टन काँचो नरिवल आयात भएको थियो।

एक वर्षमा पूर्वी नाकाबाट रु १९ करोड ६६ लाख आठ हजार मूल्यको तीन हजार ७२ मेट्रिकटन अङ्गुर र २६ करोड ५२ लाख ४८ हजार रूपैयाँ मूल्य बराबरको दुई हजार सात सय ६३ मेट्रिकटन अनार आयात भएको थियो। पछिल्लो समय पूर्वी नेपालको इलाम, पाँचथर, धनकुटा, तेह्रथुमलगायत जिल्लामा किबी र झापा, मोरङ, सुनसरीलगायत विभिन्न जिल्लामा ड्रागन फ्रुटको व्यावसायिक खेती हुन थाले पनि भारतबाट आउने ती फलफूलको आयात रोकिन सकेको छैन। रासस


प्रकाशित : मंगलबार, साउन ९ २०८०१०:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend