आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

ओटीसी बजारमा ८४ कम्पनीका दुई करोडभन्दा बढी कित्ता सेयर किनबेच

images
मंगलबार, साउन ९ २०८०
images
ओटीसी बजारमा ८४ कम्पनीका दुई करोडभन्दा बढी कित्ता सेयर किनबेच

ओटीसी बजारमा भएको कारोबारबाट गतवर्ष पाँच करोड २९ लाख ५५ हजार नौ सय ८० रूपैयाँ बराबरको पुँजीगत लाभकर प्राप्त भएको पनि नेप्सेले जनाएको छ।

images
images

काठमाडौं- गत आर्थिक वर्ष २०७९/८० मा ओभर द काउन्टर (ओटीसी) बजारमा विभिन्न ८४ कम्पनीको दुई करोड १२ लाख ६४ कित्ता सेयर कारोबार भएको छ।

images
images
images

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जारी गरेको गत आर्थिक वर्षमा ओटीसी बजारमा भएको कारोबारको विवरणअनुसार हालसम्म ओटीसी बजारमा कारोबारका लागि हालसम्म दर्ता भएका कम्पनीको संख्या दुई सय छ वटा छ।

images
images

दर्ता भएका कम्पनीमध्ये गत आर्थिक वर्ष ८४ वटा कम्पनीको सेयर दुई अर्ब ८५ करोड ८४ लाख १९ हजार आठ सय ८६ रूपैयाँ बराबरको कारोबार भएको हो। ओटीसी बजारमा भएको कारोबारबाट गतवर्ष पाँच करोड २९ लाख ५५ हजार नौ सय ८० रूपैयाँ बराबरको पुँजीगत लाभकर प्राप्त भएको पनि नेप्सेले जनाएको छ। ओटीसी बजारमा काठमाडौं फरेस्ट्री कलेजको सबैभन्दा धेरै प्रतिकित्ता एक हजार एक सय २५ रूपैयाँमा दुई हजार दुई सय २२ कित्ता सेयर खरिदबिक्री भएको छ। 

images
images

ओटीसी बजारमा सेयर कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक सय रूपैयाँका दरले किनबेच भएको देखिन्छ। नेपाल स्टक एक्सचेञ्जले ओटीसी बजारको अवधारणा विकास गरी २०६४ सालदेखि सञ्चालनमा ल्याएको थियो। 

नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण नभएका, सूचीकरण खारेज भएका तथा सूचीकरणका लागि आवश्यक शर्त पूरा हुन नसेका पब्लिक कम्पनीको सेयर कारोबार तथा नामसारी नेप्सेले ओटीसी बजारमार्फत् गर्दै आएको छ। रासस


प्रकाशित : मंगलबार, साउन ९ २०८००९:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend