आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

सुन तस्करीमा संलग्न दोषीलाई कुनै पनि हालतमा उम्कन दिइँदैन : गृहमन्त्री श्रेष्ठ

images
मंगलबार, साउन ९ २०८०
images
सुन तस्करीमा संलग्न दोषीलाई कुनै पनि हालतमा उम्कन दिइँदैन : गृहमन्त्री श्रेष्ठ
फाइल तस्बिर
images
images

गारेखा- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानूनी दायरामा ल्याएरै छोडिने बताएका छन्। प्रेस सेन्टर नेपाल गोरखाद्वारा आज यहाँ आयोजित  पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताए।

images
images
images

'ठूला, साना जो भए पनि दोषीलाई कानूनी दायरामा ल्याउँछौँ', उनले भने। तथ्य र प्रमाणका आधारमा मात्र पक्राउ गरी कारबाही पक्रिया अघि बढाइने उनको भनाइ थियो। 

images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक भएको सुन तस्करीको घटनामा प्रहरीले गहिरो ढंगबाट अनसुन्धान गरिरहेको गृहमन्त्री श्रेष्ठले उल्लेख गरे। उनले सुन तस्करीमा संलग्न दोषीलाई कारबाही गरेरै छाड्ने बताए। 'जरैसम्म पुग्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छु, दोषीलाई कुनै पनि हालतमा उम्कन दिइँदैन', उनले भने।

images
images

भ्रष्टाचार विरुद्धको अभियान पनि दृढताका साथ अघि बढाइने गृहमन्त्री श्रेष्ठले बताए। आम जनताको जीवनस्तरमा परिवर्तन हुनेगरी समृद्धिको आधार तयार पार्न सरकार प्रतिबद्ध भएर लागेको उनले उल्लेख गरे। पछिल्लो समय सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानले नेपाली समाजमा आशा र विश्वास पैदा गरेको गृहमन्त्री श्रेष्ठले बताए।

विकास र समृृद्धिका सवालमासमेत सरकारले समिक्षा गरिरहेको उनले बताए। उनले भने, 'अर्थतन्त्रका सवालमा केही समस्या थिए, त्यसलाई समाधान गर्दै अर्थतन्त्रलाई पनि लयमा ल्याउने काम भइरहेको छ।' अर्थतन्त्रको गतिलाई तीव्र बनाएर विकासमा फड्को मार्नुपर्ने अहिलको आवश्यकता रहेको मन्त्री श्रेष्ठले बताए। रासस


प्रकाशित : मंगलबार, साउन ९ २०८००८:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend