मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो

मंगलबार, साउन ९ २०८०
टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो

कम्पनीका अनुसार सिप्रदीको ग्राहकमुखि अवधारणा अनुरुप टाटा जेन्यूइन पार्ट्सको मूल्य घटाइएको हो।

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी कम्पनिजले ग्राहकहरुको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पार्टसहरुको मूल्य समायोजन गरेको छ। 

हाल विद्यमान प्रतिकूल परिस्थितिका कारणले ग्राहकमा पर्न गएको असरलाई केही कम गर्ने उद्देश्यले सिप्रदी र टाटा मोटर्सको संयुक्त पहलमा टाटा कमर्सियल गाडीको जेन्यूइन पार्ट्सहरुको मूल्य समायोजन गरिएको हो। अब ग्राहकहरुले पहिलेको दाँजोमा कम मूल्यमै टाटा जेन्यूइन पार्ट्सहरु प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार सिप्रदीको ग्राहकमुखी अवधारणा अनुरुप टाटा जेन्यूइन पार्ट्सको मूल्य घटाइएको हो। अब टाटा कमर्सियल गाडीका ग्राहकवर्गहरुले सिप्रदीका वर्कशपहरुमा अनुभवी तथा दक्ष प्रविधिकहरुबाट गाडीको चेकजाँच गर्दा कम खर्चमा टाटा जेन्यूइन पार्ट्सको प्रयोगबाट गुणस्तरीय सर्भिसिङको फाइदा उठाउन सक्नेछन्। यस मूल्य समायोजन पश्चात ग्राहकको व्यवसाय तथा मुनाफामा सकारात्मक प्रभाव पर्ने विश्वास सिप्रदीको छ।   

समायोजित मूल्य साउन महिनाबाट नेपालभरि रहेका सिप्रदीको सम्पूर्ण नेटवर्क सिप्रदी सर्भिस सेन्टर, आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्यूइन पार्टस्को डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा लागु भएको छ।

साथै सिप्रदी सर्भिस सेन्टरमा फेरिएका टाटा जेन्यूइन पार्टस्हरुमा ६ महिना वा ५० हजार किमिसम्मको वारेन्टी सुविधा पनि कम्पनीले प्रदान गर्दै आइरहेको छ।

देशकै ठूलो प्रतिष्ठित ब्राण्ड सिप्रदी ट्रेडिङ मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा संलग्न छ। ४१ वर्षदेखि यो व्यवसायमा संलग्न सिप्रदीको वार्षिक आय ३५ करोड मिलियन अमेरिकी डलरभन्दा बढी छ। अटोमेटिभ, इनर्जी, लुब्रीकेन्ट, वित्तिय सेवाहरु तथा इक्युपमेन्ट व्यवसायको क्षेत्रमा द्रुत गतिमा फस्टाइरहेको छ। सन् १९८२ देखि टाटा मोटर्सको एकमात्र बिक्रेता सिप्रदी ट्रेडिङ आइएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी हो। सिप्रदीको नेपालभर सबैभन्दा ठूलो बिक्री तथा सेवा वितरण सञ्जाल रहेको छ। 

टाटा मोर्टर्सका सम्पूर्ण रेन्जका प्यासेन्जर र कमर्सियल गाडीरुको बिक्री गर्न सिप्रदीको नेपालभर २७ वटा बिक्री कार्यालयहरु र ५३ वटा सर्भिस सेन्टरहरू रहेका छन्। साथै देशभर २ सय ६९ वटा स्पेयर आउटलेटहरू रहेका छन्। सिप्रदी एक्साइड ब्याट्रीज, म्याक लुब्रिकेन्ट्स र मिसेलिन टायरको पनि वितरक हो।


प्रकाशित : मंगलबार, साउन ९ २०८००७:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend