आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

एक वर्षमा ७७ करोड ९३ लाख रूपैयाँको सिमेन्ट निर्यात, कुन महिना कति?

images
मंगलबार, साउन ९ २०८०
images
एक वर्षमा ७७ करोड ९३ लाख रूपैयाँको सिमेन्ट निर्यात, कुन महिना कति?

सिमेन्ट उत्पादक संघले सरकारले सिमेन्ट निर्यातमा छुटको घोषणा गरेपछि भारतको विभिन्न सहरमा निर्यात सुरू भएको छ। सिमेन्ट उत्पादक संघको तथ्यांकअनुसार नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन्।

images
images

काठमाडौं- गत आर्थिक वर्ष २०७९/०८० मा ७७ करोड ९३ लाख ५ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ। विशेषत: पाल्पा र अर्घाखाँची सिमेन्ट उद्योगले भारतमा सिमेन्ट तथा क्लिङ्‍कर निर्यात गरेका हुन्।

images
images
images

आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत नै सरकारले सिमेन्ट निर्यातमा अनुदान दिने नीति लिएको थियो। उक्त नीतीसँगै सिमेन्ट निर्यात सुरु भएको थियो। भन्सार विभागका अनुसार गत आवमा ७७ करोड ९३ लाख ५ हजार रुपैयाँ बराबरको १० लाख ४ हजार २३ टन सिमेन्ट निर्यात भएको छ।

images
images

जसमा क्लिङ्‍करको मात्रा ३ लाख ९६ हजार ९५० मेट्रिक टन र सिमेन्ट ६ लाख ७ हजार ७३ मेट्रिक टन निर्यात भएको छ। क्लिङ्‍कर ४२ करोड ३ लाख ५५ हजार रुपैयाँ बराबर र सिमेन्ट ३५ करोड ८९ लाख ५१ हजार रुपैयाँ बराबरको निर्यात भएको हो।

images
images

गत असार २४ गतेदेखि पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड र असोज ३१ देखि अर्घाखाँची ब्राण्डको सिमेन्ट भारत निर्यात सुरू भएको हो। सरकारले सिमेन्ट, स्टिललगायत सामान निर्यातमा आठ प्रतिशत अनुदान र वार्षिक दश करोडबढीको विद्युत् खपत गर्ने उद्योगलाई दुईदेखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेको थियो। चालु आर्थिक वर्षको बजेटमार्फत सो व्यवस्था गरेको थियो। त्यसका लागि कार्यविधि पनि बनिसकेको छ।

सिमेन्ट उत्पादक संघले सरकारले सिमेन्ट निर्यातमा छुटको घोषणा गरेपछि भारतको विभिन्न सहरमा निर्यात सुरू भएको छ। सिमेन्ट उत्पादक संघको तथ्यांकअनुसार नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन्।

तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन्। यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै दुई करोड २० लाख टन छ। निर्यात र विद्युत् महसुलमा छुट पाउने भएपछि उद्योगी उत्साहित भएका छन्।

बढ्दै छ निर्यात

साउनमा ४९ लाख २९ हजार ३३ हजार रुपैयाँ बराबरको ३३ हजार १ सय ५७ टन सिमेन्ट निर्यात भएको थियो। चैतसम्म आइपुग्दा ४२ करोड ३१ लाख ८९ हजार रुपैयाँ बराबरको ४ लाख ६४ हजार ३ सय २९ टन सिमेन्ट निर्यात भएको छ।

उद्योग विभागका अनुसार भदौसम्ममा ८९ लाख ६० हजार रुपैयाँ ४२ हजार २ सय १२ टन निर्यात भएको थियो। असोजसम्म पुग्दा २ करोड १५ लाख ७९ हजार  रुपैयाँ बराबरको  ६० हजार ८ सय ४८ टन, कात्तिकसम्ममा ३ करोड ५१ लाख २४ हजार रुपैयाँ बराबरको ६६ हजार १ सय २४ टन र मंसिरमा आइपुग्दा ४ करोड २० लाख ७ हजार रुपैयाँ बराबरको १ लाख ८ हजार ७ सय ८६ टन सिमेन्ट निर्यात भएको थियो।

विभागका अनुसार पुससम्म ८ करोड ६२ लाख ८६ हजार रुपैयाँ बराबरको २ लाख ६७ हजार १५ टन र माघ मसान्तसम्ममा १६ करोड ७० लाख ३३ हजार रुपैयाँ बराबरको ३ लाख ४ हजार ६ सय ५२ टन सिमेन्ट निर्यात भएको थियो।

यसैगरी फागुनमा आइपुग्दा ३० करोड ५५ लाख ४४ हजार रुपैयाँ बराबरको ४ लाख ४२ हजार ९ सय ९९ टन र चैतसम्म आइपुग्दा ४२ करोड ३१ लाख ८९ हजार रुपैयाँ बराबरको ४ लाख ६४ हजार ३ सय २९ टन सिमेन्ट निर्यात भएको छ।

यसैगरी बैशाखमा आइपुग्दा ५५ करोड ४४ लाख २५ हजार रुपैयाँ बराबरको सिमन्ट निर्यात भएको थियो भने जेठको अन्तिमसम्ममा ६७ करोड ७६ लाख ५३ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको थियो।


प्रकाशित : मंगलबार, साउन ९ २०८००६:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend